Rashtriya Yuva Jagaran
Online Digital News

गाउँ नै शोकाकुल हुने गरी भएको मुस्ताङ दुर्घटनाका सन्दर्भमा सरकार मौन

४० हजार ऋणले ज्यान लियो, ऋण जस्ताको तस्तै

  •  
  • 196
  •  
  •  
  •  
  •  
  •  
    196
    Shares

गरिब बस्तिहरुबाट हिजो जसरी भोट संकलन गर्न नमस्कार गर्दै नेताहरु पुगेका थिए त्यसैगरी अहिले नमस्कार गरेर उनीहरुको परिवारको संरक्षणमा हामी छौं, हामी गर्छौ भनेर ठोस कुरा लिएर ति भावविव्ह्ल बनेका जनतामाझ सरकारको उपस्थिति हुनुप¥र्यो /

काठमाडौं, असार २४ गते । एकै ठाउँमा ६/६ जनासहित पुरै गाउँका बीस जनाको एउटै थलोमा ज्यान गएको  मुस्ताङ दुर्घटना भएको तीन दिन बिति सक्दा समेत मृतकका परिवारलाई क्षतिपूर्ति दिने र परिवारको संरक्षण गर्ने विषयमा सरकार मौन बसेको छ । दुःख व्यक्त गर्दै दुर्घटना न्यून गराउन राष्ट्रिय नीति बनाउनु पर्ने भाषण बाहेक व्यवहारिक कुरा सरकार प्रमुख तथा सम्बन्धित निकायबाट व्यक्त गरिएका समवेदनामा पनि भेटिएन । सरकारको नीति तथा कार्यक्रम बमोजिम निर्माण भईरहेका राजमार्गमा मजदुरी गर्दा गर्दै जनताको ज्यान गएको भयानक र दुःखद दुर्घटनामा परेर ज्यान गुमाएका परिवारलाई दिईने क्षतिपूर्तिका निम्ति ठेकेदार वा अरु कसैलाई जिम्मा दिएर सरकार पन्छिन मिल्दैन् । ति गरिब बस्तिहरुबाट हिजो जसरी भोट संकलन गर्न नमस्कार गर्दै नेताहरु पुगेका थिए त्यसैगरी अहिले नमस्कार गरेर उनीहरुको परिवारको संरक्षणमा हामी छौं, हामी गर्छौ भनेर ठोस कुरा लिएर ति भावविव्ह्ल बनेका जनतामाझ सरकारको उपस्थिति हुनुप¥र्यो ।
उपल्लो मुस्ताङ्को स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदुरहरु चढेको ट्रिपर दुर्घटना हुँदा रोल्पाका ९ जना, दाङका ६ जना र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुङ्गा, कपिलवस्तुका १/१ जना गरी २० जनाको ज्यान गयो ।
समृद्ध नेपालको सपना बाँडेको सरकारले समृद्धिकै लागि मजदुरी गरिरहेका जनताको दूःखमा दिन सक्दैन, क्षतिपूर्ति दिँदैन, उनीहरुको परिवारको संरक्षक बन्न सक्दैन भने सरकारको समृद्धि केवल झुट्टो आश्वासन सिवाय अरु हुन सकदैन । मृतक मजदुरहरु सबैको सपना समृद्धिको थियो । कसैका सपना ऋण तिर्ने थियो त कसैको सपना पैसा कमाएर छोराछोरीलाई राम्रो अध्ययन गराउने थियो । कसैको सपना बालबच्चा र बृद्ध आमाबुबालाई पालनपोषण गर्नु नै थियो ।
नेपालका लखपतिको जस्तो उनीहरुको सपना जग्गा किन्ने, घरघडेरी जोड्ने, महल बनाउने, व्यवसायिक प्रतिष्ठान निर्माण गर्ने, स्वास्थ्य प्रतिष्ठान बनाउने थिएन केवल उनीहरु गरिबीसँग लड्दै सरकारको नीति तथा कार्यक्रमलाई सार्थक बनाउन मजदुरी गर्नकै लागि उक्त स्थान पुगेका थिए ।
रोल्पाको थवाङ गाउपालिका–५ उवाको धनपुरी रोक्काको काख रित्तिएको छ । उनको परिवारका ६ जनाएको एउटै च्यान बनेको छ । उनका छोराहरू ३३ वर्षीय कमानसिंह, २३ वर्षीय राष्टे, १९ वर्षीय महेश र छोरी कर्मजिताको दुर्घटनामा निधन भएको छ। धनपुरीका पतिकी जेठी पत्नीबाट जन्मिएका छोरी जितमाया र जेठा छोरा कुमारकी छोरी सिर्जना रोकाको पनि सोही घटनामा परेर निधन भएको छ ।
राप्ती गाउँपालिका–१, सुवेर चौधरीको श्रीमति मनहरि चौधरी पिडा अझ दर्दनाक छ । गरिबको यथार्थ बोकेकी चौधरीका पति ४० हजार ऋणको किस्ता तिर्न नसकेर मजदुरी गर्न गएका थिए तर ४० हजारले ज्यान पनि लियो, ऋण पनि जस्ताको तस्तै उनकी श्रीमति चौधरी भाविव्ह्वल हुँदै दुःख पोख्छिन् । त्यति मात्र होइन गरिबीकै कारणले उनीहरुका बालबच्चा विद्यालय पढ्न समेत छोडेका छन् ।
घरको एक मात्र कमाउने व्यक्तिको अकल्पनीय मृत्युको खबरले मनहरि मात्रै होइन, चौधरीका बूढा आमाबाबु र नाबालक छोराछोरी पनि शोकसन्तप्त छन्।
सुबेरकी जेठी छोरी सुनीता चौधरी आर्थिक अभावकै कारण विद्यालय छाडेर घरमा बसेकी छिन् भने छोरा सोना चौधरी स्थानीय विद्यालयमा कक्षा ९ मा पढछन्। अर्की छोरी सरिष्मा चौधरी सात कक्षामा पढ्छिन्।
राप्ती–१ नयाँ बस्तीकी कविता घर्तीको पनि सोही दुर्घटनामा मुत्यु भएको छ। घरमा रहेकी १३ वर्षीया छोरी सिर्जना बेहोसजस्तै छिन्। ७० हिउँद काटेका सासूससुरा स्तब्ध छन्। कविताको खरले छाएको एउटा घरमा छिमेकीहरू पनि शोक मनाउन आइपुगेका छन्।
कविता पति रमेशसँगै काम गर्न गएकी थिइन्। रमेश भने सकुशल रहेका छन्। बैशाखमा मुस्ताङ पुगेकी कविता पैसा कमाएर छोरीलाई राम्रोसँग पढाउने योजनामा थिइन्। कक्षा सातमा पढ्दै गरेकी छोरी सिर्जनालाई राम्रो उच्च शिक्षा बढाउने उनको सोच थियो।
मुस्ताङको टिपर दुर्घटनामा परी दाङका छ जनाको शुुक्रबार ज्यान गएको थियो। रोल्पाका रास्टे रोकाको परिवार पनि राप्ती गाउँपालिकामै बस्दै आएको छ। यो घटनाले सिंगो दाङ शोकमा डुबेको छ। राजपुर गाउँपालिकाका २ जना र राप्ती गाउँपालिकाका ४ जनाको मृत्यु भएको हो।
राजपुरका कमल बुढा, बालकुमार घर्ती, राप्ती नयाँ बस्तीका कविता घर्ती, सुबेर चोैधरी र वडा नं ९ का शान्ति थापा र गुरुदत्त थापाकोे मृत्यु भएको छ। गुरुदत्त र शान्ती पति–पत्नी हुन्।

समाचार स्रोत तथा तस्बिर अन्नपूर्णपोष्ट

Leave A Reply

Your email address will not be published.