Rashtriya Yuva Jagaran
Online Digital News

नायक नायिकाको प्रेमकथामा आधारित फिल्म ‘बोबी’ प्रदर्शनको नजिक

  •  
  • 15
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares


काठमाडौं, असार २४ गते । रिलिजको नजिक पुगेको मिलन चाम्स द्वारा निर्माण र निर्देशित फिल्म बोबीमा वास्तविक प्रेम कथामा वास्तविक प्रेमी जोडीले नै अभिनय गरेका छन् । कविता गुरुङ र उमेश थापाको वास्तविक प्रेम कथामा बनेको फिल्म ‘बोबी’ लाई नेपाल र नर्वे को सुन्दर स्थलमा छायांकन गरिएको छ । नबराज कृष्ण थापाको सिनेम्याटोग्राफी रहेको फिल्मलाई नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्तरुपमा लेखेका हुन् ।
मिलन चाम्स निर्देशित असार २९ गतेबाट रिलिजमा आउँने फिल्म ‘बोबी’ फिल्म युनिटले प्रचार प्रसारलाई तिब्रता दिइरहेको छ । यसै साता फिल्म युनिट मोफसल प्रचार यात्रामा थियो । फिल्म ‘बोबी’ मा कविता गुरुङ र उमेश थापाको रियल स्टोरीलाई फिल्ममा प्रस्तुत गरिएको छ, भने यहि जोडीको नै फिल्ममा अभिनय छ ।
कविता गुरुङ र उमेश थापाको कथा मन परेकोले ‘बोबी’ निर्माण गरेको निर्देशक चाम्सले बताएका । ‘उनीहरुको जीवन, संघर्ष र प्रेमले नै फिल्ममा लगानी गर्न तयार भएको उनको भनाई थियो । निर्देशक चाम्स थप्छन्– ‘कबिता र उमेशको कथाले सबैको मन छुन्छ ।’
यस फिल्ममा कलाकार तथा विमान चालक विजय लामाको समेत अभियन हेर्न पाइनेछ । कलाकार लामाले पनि कथाबस्तु मन परेकाले नै अभिनय गर्न तयार भएको बताए ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.