Rashtriya Yuva Jagaran
Online Digital News

हिन्दु धर्मका अभियन्ता सिंहको निधन

  •  
  • 15
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं, साउन ६ गते । पिसाबको समस्याबाट ललितपुरस्थित बयोधा अस्पतालमा उपचारार्थ विश्व हिन्दु महासंघका अध्यक्ष भरतकेशरी सिंहको आइतबार बिहान ३ः१५ बजे ८२ वर्षीय सिंहको निधन भएको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार पिसाबको समस्या भए पनि उहाँलाई हृदयघात भएको कारणले निधन भएको बताएको छ ।
श्रीमति, तीन छोरा र एक छोरी पिता सिंह नेपाली सेनाका पुर्व उपरथी भएर देशको सेवा गरेका पूर्वशाही पाश्र्ववर्ती अर्थात् तत्कालीन राजाका एडीसीसमेत रहेका थिए ।
पछिल्लो समयमा पूर्व राजा ज्ञानेन्द्रको नजिक रहँदै आएको र दलहरुलाई बेलाबखत गालीगलौज गर्दै आएको आरोप उनमा लागेको थियो ।
सिंहको पार्थिव शरीरलाई दिउँसो साढे १२ बजे अन्तिम श्रञ्द्धाञ्जलीका लागि नकालीमा राखिने भएको छ । आजै नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । नेपाललाई हिन्दु राष्ट्र बनाउने उनको अभियान थियो ।

Leave A Reply

Your email address will not be published.