Rashtriya Yuva Jagaran
Online Digital News

आज घरघरमा तुलसी रोपेर विष्णु भगवानको आराधना गर्दै

  •  
  • 765
  •  
  •  
  •  
  •  
  •  
    765
    Shares

व्यावहारिक तथा वैज्ञानिक पक्षलाई हेर्ने हो भने वृक्षहरुमा सबैभन्दा ज्यादा अक्सिजन उत्सर्जन गर्ने र वातावरणीय दृष्टिले अत्यन्तै पवित्र तुलसीलाई मानिन्छ। विभिन्न प्रकारका औषधि निर्माणका लागि महत्वपूर्ण मानिने तुलसीको विरुवा घरघरमा रोपेमा बिग्रँदै गएको वातावरणलाई स्वच्छ बनाउन अत्यन्तै उपयोगी मानिन्छ ।

युवा जागरण डेक्स
विराटनगर, साउन ७ गते सोमबार । सनातन धर्मावलम्बीहरुको पवित्र महिना साउन । साउनको पहिलो सोमबार अर्थात हरिशयनी (आषाढ शुक्ल÷ज्येष्ठ शुक्ल) एकादशीको दिन । आज हिन्दु धर्मावलम्बीहरुले घरघरमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी धुमधामपूर्वक मनाइँदैछ । बिहानै उठेर घर सफासुग्घर बनाएर मन्दिरमा पगेर पुजाआजा गरेर घरमा तुलसीको मोठमा विरुवा रोप्ने चलन रहेको छ ।
आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।
प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ ।
हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वे्दिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।
चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको धर्मशास्त्रविदहरु बताउँछन।
यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।
आज बिहानदेखि इटहरी, विराटनगरलगायत एक नम्बर प्रदेश र देशभरिका सनातन धर्मावलम्बीहरुले मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।
आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।
धार्मिक दृष्टिले विष्णु भगवान्का प्रतीकका रुपमा तुलसी रोपेर यो एकादशीलाई मनाउने परम्परा हुँदा सो एकादशीलाई तुलसी एकादशीसमेत भनिन्छ। एकादशीलाई हिन्दूहरुको महत्वपूर्ण पर्वका रुपमा मानिएको छ।

Leave A Reply

Your email address will not be published.