Rashtriya Yuva Jagaran
Online Digital News

शिवभक्तिका साउनका चार सोमबार

  •  
  • 890
  •  
  •  
  •  
  •  
  •  
    890
    Shares

सिर्जना कार्की, इटहरी

इटहरी (सुनसरी), २०७५ साउन ९ गते बुधबार । नेपाली हिन्दु धर्मावलम्बीहरुको लागि साउनदेखि सांस्कृतिक पर्वहरु सुरु हुने गर्दछ । सुरुकै दिन अर्थात साउन १ गते मिठो मिठो खाइन्छ भने अर्कोतिर खेतबारीमा लुतो फ्याकेर पर्वलाई स्वागत गरिन्छ । यहि साउनदेखि सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले साउन १ गतेलाई कर्कट सङ्क्रान्तिका रुपमा पनि मनाइन्छ ।साउन महिनालाई हिन्दु धर्मावलम्बले पवित्र महिनाको रुपमा मान्ने गर्दछन् । विशेष गरेर देशभरका हिन्दु महिलाहरुले यो पर्वलाई स्वच्छ मनले धुमधामले मनाउने गर्दछन् । महिला मात्र नभएर बदलिदो समयमा पुरुषहरुसमेत यो पर्वलाई महत्व दिएर धर्मकर्ममा लागेको पाइन्छ । यो महिनाका प्रत्येक सोमबार देशभरका शिवालय, मठमन्दिरहरुमा धेरै घुइँचो हुने गर्दछ ।

यो महिनाको साउनको अत्यन्तै ठूलो महत्व बोकेर प्रत्येक वर्ष आउने गर्दछ । साउन महिना, भगवान शिवलाई प्रिय मान्ने गरिन्छ । भगवानको भक्ति आस्थाको प्रतिक हो । तपाईमा विश्वास भयो, आस्था भयो, भगवानप्रति समर्पित रहनु भयो भने कुनै कुनै रुपबाट तपाईका इच्छा, आँकांक्षा वा समस्याहरु पुरा हुँदै जाने गर्दछन् । तर त्यो फलको विषयमा तपाईलाई ज्ञान नहुन सक्छ । जब तपाईले सफलता प्राप्त गर्नुहुनेछ तब मात्र तपाईमा अनुभूत हुने गर्दछ कि भगवानको आर्शिवाद लागेछ । यसर्थ कर्म विना कुनै पनि काम सफल हुँदैछ । कर्मविनाको फल प्राप्त हुनै सक्दैछ तसर्थ कर्मसँगै भगवानप्रतिको विश्वास र आस्थालाई निरन्तर कायम राख्दै अगाडि जाँदा हरेक अप्ठ्यारा, असहज अवस्थाहरु सहजै पार हुँदै जानेछन् यो नै सत्य हो । त्यसैले श्रावण महिनाको चार वटा सोमबारको महत्व अझ बढी रहेको छ । हिन्दुधर्म अनुसार भगवान शिवलाई वर्षभर पुजिने भएपनि साउनका यी ४ वटा सोमबार अझ महत्वका साथ भगवान शिवको पूजा आरधना गर्ने परम्परा रहि आएको छ ।
पञ्चाङ्गका अनुसार सूर्यनारायणका दुई अयन, उत्तरायण र दक्षिणायन हुन्छ । माघ महिनादेखि उत्तरायण हुन्छ भने साउनदेखि दक्षिणायन हुन्छ । साउनदेखि नेपाली सांस्कृतिक पर्वहरु सुरु हुन्छन भने उत्तरायाण अर्थात माघदेखि समाप्त हुन्छन् । सूर्यको गति दक्षिणायन सुरु भएपछि नेपालमा राष्ट्रिय सांस्कृतिक पर्व सुरु हुन्छ ।
गाईजात्रा, नागपञ्चमी, जनैपूणिर्मा, श्रावणी मेला, पञ्चदान, कुसे औँसी, हरितालिका, इन्द्रजात्रा, कुमारीयात्रा, अनन्तचतुर्दशी, सोह्रश्राद्ध, बडादसैँ, रुद्रायणीनाच, तिहार, बालाचतुर्दशी, गौरापर्व, छठ, योमह्री पूणिर्मा, स्वस्थानी पूजालगायतका धार्मिक एवम् सांस्कृतिक पर्व दक्षिणायनमा पर्छन् ।
श्रावण महिना सनातन हिन्दू धर्माबलम्बीले विद्या, धन, असल पति तथा पुत्रलाभका लागि शिवजीको व्रत, पूजा, आराधनाको महिनाका रूपमा लिने गरेका छन् । श्रावण महिना सनातन हिन्दू धर्माबलम्बीले विद्या, धन, असल पति तथा पुत्रलाभका लागि शिवजीको व्रत, पूजा, आराधनाको महिनाका रूपमा लिने गरेका छन् ।
यसैबीच साउने सोमबारको ब्रत लिने भक्तजनहरुको आज पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरुमा विहानैदेखि घुइँचो लाग्दछ । साउन महिनामा पर्ने हरेक सोमबार ब्रत बसे मनले चिताएको कुरा पुग्ने जनविश्वास छ । यस पटकको साउन महिनामा पाँचवटा सोमवार परेकोले यसको महत्व अझ वढि रहेको छ ।
हरियो रङ्गका बस्त्र, चुरा र मेहंदी लगाए भगवान शिवजी खुसी भई मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । पशुपति विकासकोषले भक्तजनलाई पशुपतिनाथको दर्शन गर्न सजिलो होस भनेर विशेष व्यवस्था गरिएको छ । यसैबीच, साउन महिनाभरी महादेवको आराधनामा बोल बम यात्रा गर्ने चलन पनि छ ।
नेपालीहरुको धर्म संस्कृति प्रकृतिसंग जोडिएको छ । नेपालीहरुले मान्ने चाड पर्वहरु पनि प्रकृतिसंग नजिक छन् । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाज, जहाँ १२५ जातिहरु रहेका छन ।
परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला तथा अन्य साँस्कृतिक उत्सवहरुको सबै जातीहरुमा आ–आफ्नो विशेषता जोडिएको छ । मुलुकभरका विभिन्न नगर, सहर र गाउँहरुमा प्रचलित चाडपर्व, मेलापात, जात्रा तथा परम्पराहरुको लेखाजोखा गर्न अति नै कठिन छ । प्रत्येक जिल्लाको नगर तथा गाउँहरुमा बर्ष दिनभरि नै कतै न कतै कुनै न कुनै चाडपर्व, जात्रा मेला भई रहेका हुन्छन् ।

पहिलो सोमबार: सफलता प्राप्ति र कष्ट निवारण
साउन महिनाको पहिलो सोमबारको वर्तले जीवनमा धेरै परिवर्तन ल्याउने र सोचेभन्दा बढी प्रगति हुनेगर्छ । साथै जीवनमा आइपर्ने बाधा सँग लड्न सक्ने क्षमता प्रदान गर्छ ।
यदि तपाईं लामो समयको लागि कुनै नयाँ कार्य सुरु गर्ने प्रयास गर्दै हुनुहुन्छ तर सफलता मिल्ने हो (होइन भन्ने चिन्ता गर्नुहुन्छ भने तपाई यो दिन ब्रत बसेर आफ्नो कार्य सुरुवात गर्नुभएमा तपाईलाई अवस्य सफलता मिल्ने छ र तपाईको दीर्घकालीन योजनाहरू सफल हुँदै जानेछन् । व्यवसाय सुरु गर्न चाहने व्यक्तिहरूले पनि ब्रत बसेर भगवान शिवको आरधना यसै दिनबाट सुरुवात गरेमा सच्चिनै सफलता हासिल गर्न सकिन्छ ।
दोस्रो सोमबार : रोग निवारण
यो सोमबारको संयोग अनुसार राम्रो स्वास्थ्य, वृद्धि र बल प्राप्त हुने योग रहेको छ । यस दिन, लामो समयदेखि गम्भीर रोगबाट पीडित व्यक्तिहरूले भगवान शिवको पूजा आराधना गरेर शिवलिङ्गमा जल चडाएपछि त्यो जल
हातमा लिएर थोरै खाने र आफ्नो शरिरमा अविषेक गर्दा रोग कम हुदै जाने मान्यता रहेको छ ।
यस दिन ब्रत बसेर नियमपूर्व भगवान शिवको आराधना, पुजापाठ, जप, मन्त्रोत्चारण गर्दा भएका रोगहरूले हट्दै जाने र अन्य कुनै रोगहरू लाग्न लागेको भए टर्दै जाने सम्भावना बढी हुन्छ ।
तेस्रो सोमबार: मन्त्र सिद्धि वा मनकामना पूर्ण हुने
साउनको तेस्रो सोमबार ब्रत बसेर पुजापाठ गरेमा आफूले चिताएका कुराहरू पुरा हुँदै जानेछन् । यस दिनमा व्रत बसेर भगवान शिवका मन्त्रहरू पाठ गरी पूजा गर्नु पर्नेछ । शिवभक्तहरूको लागि यो पनि धेरै विशेष हुनेछ जो शिवको मन्त्र सिद्ध गर्न चाहन्छन।
भएका समस्याहरू र सोचेका र आँटेका कामहरू व्रत बसेर पूजा गर्ने क्रममा भगवान शिवलाई ‘ओम नमः शिवाय’ मन्त्रोत्चारण गरेमा सोचेका, आँटेका कामहरु पुरा हुने लक्षणहरु छिट्टै प्राप्त हुनेछ । शिवको आराधनाले भएका समस्याहरू बिस्तारै हल हुदैँ जनेछन् ।
चौथो सोमबार : शत्रु परास्त तथा आर्थिक सम्पन्नता
साउन महिनाको अन्तिम सोमबार ब्रत बसेर पुजापाठ गर्दा दुश्मन र बाधाहरू टाढा हुँदै जानेछन् अर्थिक समस्याहरू समेत बिस्तारै हल हुदैँ जानेछन् ।
यो अन्तिम सोमबार, जो ब्रत बसेर भगवान शिवको पूजापाठ गर्छ उसँग शिवजी खुशी भई जीवनभरी उसको साथमा रहेर उसलाई खुशी र सुखी बनाई उसका सबै दुःख र समस्याहरूबाट पार लगाउने काम भगवानबाट हुने विश्वास रहि आएको छ । त्यस्ता व्यक्तिको जीवनमा ठुलो उन्नति र प्रगति हुनेछ । साथै उसले सोचेका तथा आँटेका कामहरू सबै पूरा हुँदै जनेछन् । जसले गर्दा भबिष्य उज्जवल र समृद्ध बनाउन सहयोग सिद्ध हुनेछ ।
शिव भगवानले सदैव माया गर्ने राशी
भगवान शिवजीले सबै भक्तजनहरूलाई आफ्नो आशिर्वाद र कृपा दिने गर्छन । तर सबै राशि मध्य केहि यस्तो राशि पनि छन् जसलाई भगवान शिव आफ्नो विशेष कृपा राख्दछन। आउनुहोस जानौ भगवान शिवका सबैभन्दा प्रिय राशि कुन–कुन हो ।
वृष राशि स् यस राशिको जातलाई मंगल एकदम राम्रो मानिन्छ । वृष राशिको मानिस भगवान शिवको स्वरूपको निकै नजिक हुन्छन । यस राशिको मानिस चाहे दुखमा होस वा सुखमा सधै भगवानको जप गर्ने गर्छन जसकारण भगवान शिव यिनीहरूको हरेक कामना पुरा गर्ने गर्छन । यस राशिका व्यक्ति सोमबार शिव मन्दिर गएर शिवलिंगमा जल चढाउनु निकै शुभ मानिन्छ ।
कर्कट राशि स् वृष राशि पछि कर्कट राशि माथि भगवान शिव निकै खुशी हुन्छन र आफ्नो कृपा पनि बर्साउछन । यस राशिको मानिस शिवको भक्तिमा सधै तलिन रहन्छन। यस राशिको मानिस भगवान शंखरको कुनै पनि व्रत वा चाडपर्वमा व्रत राख्न छोड्दैनन। भगवान शिवको सधै यो राशि माथि कृपा रहने गर्छ ।
मकर राशि स् मकर राशिका जात भएका व्यक्ति भगवान शिवको ज्यादा करिब हुन्छन। यस राशिमाथि आउन लागेको आपदलाई भगवान शिवले पन्छाउने गर्छन। यी राशि भएका व्यक्ति जीवनको हरेक उतार चढ़ावमा भगवान शिवको नाम लिन भुल्दैनन। यसकारण भगवान शिव यी राशिमाथि आफ्नो कृपा बर्साउछन । सोमवारको दिन शिवलिंगमाथि दूध चढाउनाले यी राशिलाई एकदम फाईदाजनक हुनेछ ।

Leave A Reply

Your email address will not be published.