Rashtriya Yuva Jagaran
Online Digital News

रसुवामा पहिरोमा ८ बेपत्ता एक शव फेला

  •  
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

रसुवा, २०७५ साउन १० गते बिहीबार । विकट हिमाली जिल्लाको रुपमा चिनिँदै आएको रसुवाको टिमुरेमा गएराति पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् भने एकजनाको शव फेला परेको छ । सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको शव फेला परेको छ भने अन्य ८ जना हराईरहेको रसुवा प्रहरी निरीक्षक दिलिप क्षेत्रीले जानकारी दिएका छन् ।
प्रदेश नम्बर ३ अन्तर्गत पर्ने हिमाली जिल्ला रसुवाको सो पहिरोमा परेर बेपत्ता हुनेहरुमा मंगल तामाङ, बिक्रम नेवार, सुसे खड्का, कामी घले, प्रसान ग्याल्मो घले, मिङ्मार तामाङ रहेका छन्। बेपत्ता भएका सुमो चालकको विवरण आएको छैन् भने सर्मिलाको थर खुलेको छैन्।
उद्दारका लागि दुई वटा स्काभेटर र डोजरको प्रयोग गरिएको छ। राति एक बजे तिर पहिरो गएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका १२ जनाको उद्दार गरिएको छ। घाइतेमध्ये चारको अवस्था गम्भीर छ।
राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चौकी समेत बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। पहिरोले एउटा पक्की र दुई वटा कच्ची घर पुरिएका छन्। घाइतेको चिनियाँ क्याप्प र टिमुरे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
रातिको समयमा उद्दार मात्रै गर्न सम्भव भएकोले गम्भीर घाइतेलाई जिल्ला अस्पताल तथा काठमाडौं रिफर गर्नका लागि अहिले तयारी भइरहेको प्रहरीले जनाएको छ। रातिको समयमा पहिरो गएका कारण क्षतिको एकिन विवरण आउन नसकेको बताइएको छ।
नागरिक न्युजबाट

Leave A Reply

Your email address will not be published.