Rashtriya Yuva Jagaran
Online Digital News

नयाँ संयोगका साथ १७०० वर्षपछि भोलि लाग्दैछ खग्रास चन्द्र ग्रहण

  •  
  • 34
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

ग्रहण लाग्ने भन्ने वित्तिकै त्यसका सकारात्मक र नकारात्मक प्रभावलाई विज्ञानले समेत प्रमाणित गरेका कुराहरुमा ध्यान दिनु जरुरी रहन्छ । सबै ग्रहण सबैका लागि फलदायी हुँदैनन् । त्यसमाथि यस पटकको खग्रास चन्द्र ग्रहणले कसैका लागि फलदायी नहुने तर्क ज्योतिषहरुको रहेको छ । यद्यपि नयाँ संयोग लिएर आएको यो खग्रास चन्द्र ग्रहणको तल उल्लेखित विधि र प्रक्रिया अपनाउँदा भने सँधै सुखी र खुशी हुने तर्क पनि ज्योतिषहरुकै रहेको छ । विशेष गरेर पण्डित कुवेर सुवेदीले आफ्नो युट्युव च्यानलमा यस विषयमा बिस्तृत राखेका छन् । तसर्थ हामीले भिडियोसहित पाठकहरुलाई सचेत गराएर दुःख, कष्ट नहोस् भनेर सोही विषयलाई यहाँ पस्केका छौं ।

==================================

प्रस्तुति: सिर्जना कार्की, इटहरी, सुनसरी

इटहरी (सुनसरी), २०७५ साउन १० गते । १७ सय वर्षपछाडिको खग्रास चन्द्र ग्रहण भोलि साउन ११ गते लाग्दैछ । यो ग्रहण नेपालसहित एसिया, अष्ट्रिेलिया, अफ्रिकालगायतमा लाग्नेछन् ।
पुरै रातो भएर देखिने यो चन्द्र ग्रहणको संयोग नै निकै लामो समयपछिमिल्न लागेको हो । कुम्भ राशीमा गएर चन्द्र लाग्दैछन् । ज्योतिषका अनुसार यो एउटा संयोगको दिन रहेको छ जसलाई विधिपूर्वक त्यसलाई बिदा गरियो जिवनभर सुखै सुख दिनेछ । धनै धनै दिने योग लिएर आएको यो ग्रहण राति लाग्दैछ । १२ बजेर ४ मिनेट सुरु भई बिहान ४ बजेर ६ मिनेटमा सकिनेछन् । यस पटकको ग्रहणको सम्बन्ध जल र पृथ्वी रहेको छ। यसले धेरै अनिष्ठ पनि ल्याउन सक्ने सम्भावना छ । राजनीतिक क्षेत्रमा निकै ठूलो उथलपुथल पनि यो ग्रहणले ल्याउन सक्ने ज्योतिषहरु बताउँछन् । चन्द्र ग्रह भनेको जलसँग सम्बन्धित छ । मक्कर राशिमा लाग्ने हुँदा मक्कर राशी भनेको पृथ्वी तत्व हो त्यसकारण जल र पृथ्वीको संयोग पनि आइरहेको छ । यसर्थ यस चन्द्र ग्रहणले कुनै पनि राशिका जातकहरुलाई राम्रो प्रभाव पार्देन । यसका विकिरणहरुले सबैलाई असर पु¥याउने छ । तसर्थ तपाईको एक रातको गल्तिले हुने भयावह जिवनलाई सफल र समृद्ध बनाउने उपाय भने हामीले रच्नै पर्दछ ।
ग्रहण लाग्नु अगाडि नै एक कप नुन लिनुस् । नुन जलबाट प्राप्त हुने र चन्द्र ग्रहण पनि जलसँग सम्बन्धित रहेको हुँदा नुन आवश्यक देखिन्छ । नुन चन्द्र ग्रहणको प्रतिक पनि मानिन्छ । राहु ग्रहणको प्रतिक पनि मानिन्छ । राहु र केतुले छाया पारेर ग्रहण लाग्ने भएकाले पनि नुनको प्रयोग अवाश्यक रहेको हो । त्यो नुनलाई एउटा रातो कपडामा खन्याउनु होस् । त्यो नुनमा एउटा ल्वाङ –नफुटेको, न टुटेको, फुल भएको ल्वाङ) त्यो नुनमा गाडि दिनुस् । त्यो ल्वाङ शनिको प्रतिक मानिन्छ, त्यो ल्वाङ भुमिको प्रतिक मानिन्छ । त्यति गरिसकेपछि अब यो तलको मन्त्रोच्चारण सकिन्छ एक सय ८ पटक सकिन्दैन कम्तीमा ११, २१ वा ५४ पटक मन्त्रोच्चारण गर्नुपर्ने हुन्छ ।

महामृत्युंजय मन्त्र 
ॐ हौं ॐ जुँसः भूर्भुवस्वः
त्र्यम्बकं जजामहे सुगन्धितम् पुष्टिवर्धनम्
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मातृतात्
भुर्मुवः स्वरो जुँ सः हौ ॐ

अब त्यो नुन र ल्वाङको पोकोलाई एउटा धागोले ७ फेरा मारेर बाध्नुस् । गाँठो पारिसकेपछि आफ्नो शिरमा सात पटक उल्टो घुमाइदिनुस् । त्यसपछि घरका सबै सदस्यहरु जो जुन अवस्थामा रहेपनि उनीहरुलाई त्यसैगरी सात पटक उक्त पोको घुमाइदिनुस् । त्यसपछि त्यो पोकालाई दरबाजा भएको ढोकामा ३ दिनसम्म झुण्ड्याएर राख्नु होला किनकी चन्द्र ग्रहण लागेपछि सुतक परेको हुन्छ । तीन दिनपछि उक्त पोकालाई कुनै नदी वा खोलामा पानी बगेको ठाउँमा बिसर्जन गरिदिनुहोस् । यसरी विधिपूर्वक तपाईले चन्द्र ग्रहणका विकिरण हटाउने उपाय अपनाउनु भयो भने पक्कै पनि केही समयपछि तपाईलाई नयाँ उत्साह थप्ने विषय पक्कै दिने छ ।
के गर्न हुँदैन
यो बेलामा सुतेमा रोग लाग्छ, दिसा(पिसाव गरेमा दरिद्र हुन्छ, त्यसपछि दिसा(पिसावको किरोको योनीमा जन्महुन्छ, मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मन्छ, श्रृंगार वा गाजल लगाएमा कुष्टिरोगी हुन्छ ,भोजन गरेमा अधोगर्ति पतनै हुन्छ, बन्धनमा बसेमा सर्पको योनि हुन्छ र कसैलाई वा आफू मरेमा नरकमा जानेछ।
विज्ञानले पनि यो ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको किटाणु घुम्ने हुँदा नखानु भनेको छ। त्यसैले ग्रहण लागेको बेलामा शरीरमा ब्याक्टोरिया बस्ने हुँदा ग्रहण सकिएपछि स्नान गर्नुपर्छ।
चन्द्रग्रहण वा सूर्यग्रहणमा पूजापाठ गरी दान गरेमा शुभ फल प्राप्त हुने विश्वास छ। तर, चन्द्रग्रहण लागेको बेला मांगलिक कार्य गर्नु हुँदैन। चन्द्रग्रहणमा गरेको मांगलिक कार्यबाट फल प्राप्त नहुने धार्मिक विश्वास छ। ग्रहणको पूजा गर्नुअघि घरलाई शुद्ध पार्ने चलन छ । साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ । ग्रहणको बेला घरभित्रै बसेको राम्रो मानिन्छ । किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने खगोल बैज्ञानिकहरु बताउँछन् । यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ। ग्रहण सकिएलगत्तै ग्रहणको पूजा गर्दै दान दिएमा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास छ ।

Leave A Reply

Your email address will not be published.