Rashtriya Yuva Jagaran
Online Digital News

शिवको आराधनामा चम्किएको दोस्रो सोमबार

  •  
  • 497
  •  
  •  
  •  
  •  
  •  
    497
    Shares

सिर्जना कार्की,  इटहरी, सुनसरी

इटहरी (सुनसरी) । १४ साउन २०७५ सोमबार । आज साउने दोस्रो सोमबार एक नम्बर प्रदेशका इटहरी, विराटनगर, धरान, इनरुवा, विराटचौक, लक्ष्मीमार्ग, बेलबारी, पथरी, उर्लाबारीलगायत झापा, मोरङ, सुनसरीसहित १४ जिल्ला मात्र नभएर अधिराज्यभरका शिवालयहरुमा भक्तजनहरुको भिड लागेको थियो ।
साउन महिनाको दोस्रो सोमबार विशेष गरेर हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधनाका साथ मनाएका छन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । बिहानैदेखि काठमाडौँको पशुपति क्षेत्र, लगायतका देशभरका शिवालयहरुमा बिहानैदेखि घुँईचो लागेको छ ।
यस दिन विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा, पोते लगाएर शिवको पूजा गर्दछन् ।
दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । काठमाडौको पशुपति र चितवनको देवघाटमा बोलबम मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.