Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७५ साउन १५ गते मंगलबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 21
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : साथीभाइको सहयोगले नयाँ काम सुरु गर्ने समय छ । सोचविचार गरेर थालेको काममा सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रेममा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँटेको काम पूरा हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : धर्मकर्ममा मन जानेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : रमाइलो यात्राको योग छ । साझेदारी काममा समस्या आउन सक्छ । बन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius : आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:तिर्थाटनको योग छ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :  मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउन सक्नेछ । दिन त्यक्ति राम्रो छैन ।

ehimalayatimes.com

Leave A Reply

Your email address will not be published.