Rashtriya Yuva Jagaran
Online Digital News

शिवपूजनको साउन महिनाको १५ गतेको सांस्कृतिक महत्व

  •  
  • 50
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ । यसको साथै साउनमा मासु ,माछा , मदिरा सेवन नगरी ब्रत बस्ने तथा आप, नास्पाती ,भूइकटहरलगायतका फलफूल खाने चलन छ ।

सिर्जना कार्की, इटहरी

इटहरी (सुनसरी) साउन १५ मंगलबार २०७५ । शिवपुजन पवित्र महिना साउन पर्वैपर्वले भरिएको छ । दैनिकजसो धार्मिक गतिविधिले भरिएको यो महिनाको साउन १५ गतेको झनै ठूलो महत्व बोकेर आउने गर्दछ । असारदेखि साउन १५ सम्म मानो रोपेर मुरी उब्जाएर वर्षदिनको खाद्यान्न उत्पादन गर्न कम्मर कसेर मेहनत गरेका किसानहरुका निम्ति यो साउन १५ को ठूलो महत्व छ । कतिपय नेपालका भुभागमा जेठ, असारको पहिलो हप्तातिरै रोपिएका खेतहरुमा गोलमेल गर्ने काम समेत सुरु भईसकेको हुन्छ । चाहे रोपेर होस् वा गोलमेल गरेर होस् खेतबारीमा काम गरेर थकित भएका किसानहरुले मिठोमसिनो खाने र रमाइलो गर्ने दिनका रुपमा यसलाई लिने गरिएको भए पनि यो पर्व अधिराज्यभर सहर, बजार, गाउँ टोल सबैतिर मनाउने गरिन्छ ।
नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा रहि आएको छ । भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।
साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ । यसको साथै साउनमा मासु ,माछा , मदिरा सेवन नगरी ब्रत बस्ने तथा आप, नास्पाती ,भूइकटहरलगायतका फलफूल खाने चलन छ ।
साउन १५ का दिनलाई खिर खाने दिनको रुपमा चिनीन्छ । साउन महिना वर्षा महिना भयकोले पनि विभिन्न रोगहरु बाट छुटकारा पाउनको लागी पनि दुधबाट बनेको खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि खाने गरेको पाइन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ । जसकारणले यस्ता रोगहरु नलागोस तथा रोगको संक्रमण नहोस भन्नका लागी खिर खाने गरेको पाइन्छ ।
नेपालमा विभिन्न समयमा विभिन्न परिकारहरु बनाई खाने प्रचलन छ, आज साउन १५ नेपाली परम्परा अनुसार खिर खाने दिनका रुपमा लिने गरिन्छ । यसका अतिरिक्त नरिबल, काजु , दाख, मरिच सहित तयार भएको खीर खाएर शरीरलाई ऊर्जामय बनाउने गरिन्छ । खीर भोजनले शरीरमा ऊर्जाका साथै यो मौसममा कफ, पित्त र वायुको अवस्था ठीक राख्न मद्दत गर्छ भन्ने वैद्यहरुको भनाई रहिआएको छ ।
यो दिन दुधको ब्यापार निकै हुने गर्दछ । अत्याधिक मात्रामा खिरको प्रयोग हुने भएकोले दुधको व्यापार स्वभाविक रुपमा बढ्ने गरेको हो । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ ।
१५ असारमा दही चिउरा र साउनमा खिर खाने प्रचलन नेपाली समाजमा रहि आएको छ । । साउन महिनाभर पायक पर्ने दिनमा खिर खाने चलन बसेपनि साउन १५ लाई भने विशेष दिन मानिन्छ । खिर खाने चलन कहिले देखि शुरु भएको भन्ने वारे एकिन हुन नसके पछि खेतीपातीको काम सकेपछि मीठो खाने कुरा तत्कालिन समयमा खिर भएकाले यो चलन वसेको संस्कतिदिहरुको बताउछन् ।

Leave A Reply

Your email address will not be published.