Rashtriya Yuva Jagaran
Online Digital News

शंकराचार्य हेमानन्द गिरी भगवानको शिवको प्रतिविम्ब

  •  
  • 34
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

सनातन धर्मावलम्बीको सर्वोच्च पद ‘शंकराचार्य’ भगवान शिवको पुनर्जन्मको पद रहेकोले हेमानन्द गिरी सनातन धर्मावलम्बीको एक ‘रत्न’ र भगवान शिवको प्रतिविम्बको रुपमा उभिएकी छन् – मोरङको पथरी, शनिश्चरेकी ४२ वर्षीया अनन्त श्री विभुषि महामण्डलेश्वर स्वामी हेमानन्द गिरी ।

===============================

सिर्जना कार्की

इटहरी (सुनसरी), १५ साउन २०७५ मंगलबार । नेपालका सनातन हिन्दु धर्मावलम्बीहरुको गौरवको विषय थपिएको छ– हेमानन्द गिरी शंकराचार्य बन्नुले । यतिखेर साउनको महिना पनि छ । जसले हेमान्दलाई सर्वोच्च पद ‘शंकराचार्य’ दिन योग्य ठाने उनी अर्थात आदी शंकराचारत्मिक आध्यात्मिक अनि दर्शनका माध्यमले हजारौं कोशसम्म आदी वेदान्तको धार चलाएका हुन् । जसलाई भगवान शिवको पूर्नजन्म अनि वैदिक सनातन संस्कारका एक अध्यात्मिक योद्धाका रुपमा चिनिन्छ ।
यसर्थ हेमानन्द गिरी भगवान शिवकै एक प्रतिविम्बको रुपमा उभिएकी महिला हुन् । यसर्थ हेमानन्द गिरी यतिखेर शिवशक्तिको रुपमा उभिएकी छन् ।
वैदिक सनातन हिन्दु धर्मको सर्वोच्च पद शंकरचार्य बन्नका निम्ति नेपाली चेली हेमनन्द गिरीले धेरै ठूलो त्याग र तपस्या गरेकी छन् । गिरीले उक्त पद धारण गर्न सफल पनि भएकी छन् । तर उनको त्यो त्याग र तपस्यालाई निस्फल तुल्याउन, सनातन हिन्दु त्यसमाथि नेपाली नारीको यो सफलतामाथि अनर्गल प्रचार समेत गर्न थालिएको छ । बनारसका साना साना समितिहरुको विज्ञप्तिसमेत ल्याएर शंकराचार्थ हेमानन्द गिरीको शंकराचार्य पद खोस्ने प्रपञ्चमा केही पण्डितहरु लागेका छन् । १२०० वर्षको इतिहासमा पहिलो पटक महिलाले धारण गरेको त्यो पद केही पुरुष ब्राम्हणवादी ‘हिजडा’हरुलाई मन परिरहेको छैन र उनीहरु यसका विरुद्धमा अनर्गल प्रचारमा लागेका छन् ।
उनका इतिहास, उनको सनातन हिन्दु धर्मप्रतिको आस्था र विश्वासलाई हिमालयका विभिन्न गुफाहरुमा वर्षौवर्ष तपस्या गरेर बिताएकी छन् । अहिले त्यति सजिलै गरिमामय पद महिला साध्वी ‘शंकराचार्य’ प्राप्त गरेकी होइनन । हिमालयका गुफाहरुमा लामो समयसम्म बसेर तपस्या गरेकी हेमानन्द वेद र वेदान्तमा खारिएकी प्राज्ञको रुपमा प्रख्यात छिन् ।
वैदिक सनातन हिन्दु धर्मको सर्वोच्च गुरुको इतिहास शंकराचार्यसंग जोडिएको छ। यस वर्ष भने शंकराचार्यको पदमा नेपाली चेली हेमानन्द गिरीलाई भारत धर्म महामण्डल एवं काशी विद्वत परिषद्ले भारत उत्तराखण्डको बद्रीकाश्रम ज्योतिर्पीठको शंकराचार्य नियुक्त गरेको हो। यसवर्ष भने १२०० वर्षको इतिहासमा पहिलो पटक एक महिला साध्वी शंकराचार्य बन्न सफल भएकी छिन्, नेपाली चेली हेमानन्द गिरी ।
सनातन धर्मको इतिहासमा यो महत्वपूर्ण निर्णायक मोड हो। शंकराचार्य हेमानन्दको नेतृत्वमा सनातन हिन्दू संस्कृतिले उच्चतम शिखर चुम्ने छ भन्ने आशा एवं विश्वास गरौं ।
महामण्डलेश्वर अर्थात धेरैवटा अखाडाकी प्रमुख रहेकी छन् । उनी पूर्वी नेपालको वैदिक सूर्य शिवालयमठ गौरीगञ्ज, झापाकी प्रमुख हुन् ।
आठौं शताब्दिमा आदी शंकराचारत्मिक आध्यात्मिक अनि दर्शनका माध्यमले हजारौं कोशसम्म आदी वेदान्तको धार चलाएका हुन् । उनलाई भगवान शिवको पूर्नजन्म अनि वैदिक सनातन संस्कारका एक अध्यात्मिक योद्धाका रुपमा चिनिन्छ ।
उज्जेनको महाकुम्भ मेलाबाट विश्वका २०० बढि ओजस्वी अनि ज्ञानीहरु मध्येबाट आदी गुरु शंकराचार्यको चौथो सूचीमा साध्वी श्री हेमानन्द गिरी परेकी थिइन् । यसअघि शंकराचार्यकालागि महिला साध्वीहरुबाट आवेदन नै नपरेको इतिहास छ ।
साध्वी हेमानन्द गिरीले मठको निर्णय गर्ने साधूहरुको सर्वोच्च संस्था अखित भारतीय महामण्डलमा प्रस्तुत गरेको पत्रमा उनी छ वर्षको उमेरदेखि धार्मिक निष्ठामा बसेर कार्यगर्दै आइरहेकी हुन् र उनले नेपालबाट स्नातक तहको अध्ययन पूरा पनि गरेकी छन्, भारतको लोकप्रिय पत्रिका द टेलिग्राफले पुस छ विशेष महत्व दिएर समाचार प्रकाशित गरेको थियो । उज्जेनको महाकुम्भबाट छानिएका दुई सय प्रतिस्पर्धीलाई उछिन्दै नेपाली साधू माता ‘महामण्डलेश्वर हेमानन्द गिरी’ महाराज शंकराचार्यको पदकालागि अन्तिम चारजनाको छनौटमा परेको खबरले हिन्दूधर्माबलम्बीहरुको क्षेत्रमा सनसनी नै मच्चिएको थियो ।
‘हेमानन्द गिरी महामण्डलेश्वर अर्थात धेरैवटा अखाडाकी प्रमुख रहेकी छन् । उनी पूर्वी नेपालको वैदिक सूर्य शिवालयमठ गौरीगञ्ज, झापाकी प्रमुख हुन् । हिमालयका गुफाहरुमा लामो समय सम्म बसेर तपस्या गरेकी हेमानन्द वेद र वेदान्तमा खारिएकी प्राज्ञको रुपमा प्रख्यात छिन् ।
आठौं शताब्दिमा आदी शंकराचारत्मिक आध्यात्मिक अनि दर्शनका माध्यमले हजारौं कोशसम्म आदी वेदान्तको धार चलाएका हुन् । उनलाई भगवान शिवको पूर्नजन्म अनि वैदिक सनातन संस्कारका एक अध्यात्मिक योद्धाका रुपमा चिनिन्छ । उनैले हिन्दु दर्शनकालागि चारवटा सर्वोच्च पदहरु सृजना गरेका हुन् ,जसमा १२०० वर्षदेखि पुरुष साधक अनि विद्वानहरुकै उपस्थिती रहेको थियो । शंकराचार्यको नियूक्ती वैदिक सनातन हिन्दुत्वको केन्द्र संस्थाहरु भारत धर्म महामण्डल एवं काशी विद्वत परिषद्ले गर्नेगर्दछ । भारत धर्म महामण्डलले आफ्नो संविधानका रुपमा आदीगुरु शंकराचार्यले लेखेको महानुशासन नामक ग्रन्थलाई लिएको छ । महिलाहरु डण्डी स्वामी हुन नपाउने तर शंक्राचार्य हुनकालागि डण्डी स्वामी हुन जरुरी भएकाले यस अघि महिला शंकराचार्यको बिषयमा केही विवाद पनि भएको हो । तर जे होस् वैदिक सनातन संस्कारको १२०० वर्षको इतिहासमा पहिलो शंकराचार्य महिला चुनिएकी छन् ।

को हुन् हेमानन्द ? 

अनन्त श्री विभूषित महामण्डलेश्वर श्वामी हेमानन्द गिरीजी महाराजको जन्म २०३२ सालमा वीरगन्जमा भएको हो । उनको स्थायी घर भने मोरङको पथरी–शनिश्चरे नगरपालिका हो । बाल्यकालदेखि नै आध्यात्मिक क्षेत्रमा लागिपरेकी गिरीले मोरङको उर्लाबारी बहुमुखी क्याम्पसबाट आईए अध्ययन गरी भारतको हरिद्वारबाट ‘आचार्य’ गरेकी छिन् । आचार्य गुरु पद हो, जुन पद प्राप्त गर्ने उनी नेपालकै एक मात्र महिला हुन् । पूर्वी नेपालकै गौरीगन्जस्थित वैदिक सूर्य शिवालय पीठकी महामण्डलेश्वर अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी हेमानन्द गिरीजीको वास्तविक नाम हेमा ढुंगाना हो ।

के हो शंकराचार्य पद ? 

शंकराचार्य अद्वैत परम्पराको मठको मुखियाका लागि प्रयोग गरिने उपाधि हो । शंकराचार्य हिन्दू धर्मको सर्वोच्च धर्मगुरुको पद भएको विकिपेडियामा उल्लेख छ, जुन बौद्ध धर्ममा दलाई लामा, इसाई धर्मका पोपजस्तै उच्च पद हो । यो पदको परम्पराको थालनी आदि गुरु शंकराचार्यले गरेका थिए । यो उपाधि आदि शंकराचार्य जो एक हिन्दू दार्शनिक एवं धर्मगुरु थिए, साथै जसलाई हिन्दूत्वका महान प्रतिनिधिका रूपमा चिनिन्छ, उनकै नाममा छ ।

आदि शंकराचार्यलाई जगत्गुरुका रूपमा पनि सम्मान गरिन्छ, जुन सम्मान त्यसअघि भगवान् कृष्णलाई मात्र प्राप्त थियो । आदि शंकराचार्यले सनातन धर्मको प्रतिष्ठाका लागि भारतको चार क्षेत्रमा चार मठ स्थापित गर्नुका साथै ती मठमा चारवटा शंकराचार्य पद सिर्जना गरे अनि आफ्ना उत्कृष्ट शिष्यहरूलाई ती मठको प्रमुख बनाए । त्यतिबेलादेखि नै यी चार मठमा शंकराचार्य पदको परम्परा चल्दै आएको छ ।

मठको कथा

प्राचीन भारतीय सनातन परम्परा र हिन्दू धर्मको प्रचार–प्रसारमा आदि शंकराचार्यको महान योगदान छ । उनले भरतीय परम्परा र हिन्दू धर्मलाई सिंगो देशमा फैलाउन भारतका चार कुनामा चार शंकराचार्य मठ स्थापना गरेको बताइन्छ । इसापूर्वको आठौं शताब्दीमा स्थापना गरिएका यी चार मठको नेतृत्व अहिले पनि चारवटा शंकराचार्यले गर्ने व्यवस्था छ । ती शंकराचार्यले सनातन परम्पराको प्रचार–प्रसारको नेतृत्वसमेत गर्छन् ।

यी मठलाई गुरु–शिष्य परम्पराको केन्द्रका रूपमा समेत लिइन्छ । पूरै भारतमा सबै संन्यासी अलग–अलग मठसँग जोडिएका हुन्छन् । यी मठमा शिष्यहरूलाई संन्यासको दीक्षा दिइन्छ । संन्यास लिएर दीक्षित भएसँगै उनलाई एउटा विशेषण दिइन्छ, जसबाट यो थाहा हुन्छ कि यो संन्यासी कुन मठको हो र उसले वेदको कुन परम्परालाई निर्वाह गर्छ । सबै मठ अलग–अलग वेदका प्रचारक हुन् र यिनीहरूको एउटा महावाक्य हुन्छ । मठहरूलाई पीठ पनि भनिन्छ । चार मठका मठाधीशलाई शंकराचार्य भनिन्छ, र उनीहरूले आफ्नो जीवनका सबैभन्दा योग्य शिष्यलाई मठाधीश बनाउँछन् ।

चार मठ 

श्रृंगेरी मठ : यो मठ दक्षिण भारतको रामेश्वरममा छ । श्रृंगेरी मठको मातहतमा रही दीक्षा लिने संन्यासीको नाममा सरस्वती, भारती, पुरी विशेषण लगाइन्छ ।

गोवद्र्धन मठ : गोवद्र्धन मठ उडिसा राज्यको पुरीमा पर्छ । गोवद्र्धन मठबाट दीक्षा लिने संन्यासीको नाम पछाडि आरण्य विशेषण लगाइन्छ ।

शारदा मठ : शारदा (कालिका) मठ गुजरातको द्वारिकाधाममा अवस्थित छ । यसबाट दीक्षा लिने संन्यासीको नाममा तीर्थ र आश्रम विशेषण लगाइन्छ ।

ज्योर्तिमठ : ज्योर्तिमठ उत्तराखण्डको बद्रीनाथमा छ । ज्योर्तिमठबाट दीक्षा लिने संन्यासीको नामका पछाडि गिरि, पर्वत र सागर विशेषण जोडिन्छ ।

विभिन्न पत्रपत्रिका र अनलाईनको सहयोगमा

Leave A Reply

Your email address will not be published.