Rashtriya Yuva Jagaran
Online Digital News

अठ्चालिस अरब बेरुजु: महालेखा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

युवा जागरण संवाददाता
काठमाडौं, साउन १५ गते । महालेखा परीक्षकको कार्यालयले ४८ अरब बेरुजु भएको बताएको छ । परिक्षकको आर्थिक वर्ष ०७४÷०७५ को लेखा परीक्षणसम्बन्धी मंगलबारको बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहेको सो बैठकमा बोल्दै प्रम ओलीले कुनै पनि प्रकारको भ्रष्टाचारले उन्मुक्ति नपाउने बताएका छन् । सिंहदरबारमा बसेको सो बैठकमा बोल्दै प्रम ओलीले राजनीतिले बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वहरुले गम्भिर हुनुपर्ने औल्याएका छन् ।
ओलीले बेरुजु सुशासनका लागि राम्रो संकेत नभएकोले जानजान गरिएको बेरुजु भ्रष्टाचार हो । सरकारले भ्रष्टाचार र अनियमिततालाई कुनै पनि मानेमा उन्मुक्ति नदिने बताए ।

Leave A Reply

Your email address will not be published.