Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७५ साउन १८ गते शुक्रबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 29
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : दिन उत्तम रहेकोछ । नैतिक इमान्दारिताको कदर हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । बन्दव्यापारबाट राम्रै आय हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :विशिष्ट व्यक्तिको सहयोग पाईनछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :काममा सामान्य व्यवधान आइपर्ला । सामान हराउने वा नष्ट हुने योग छ । समय प्रतिकुल भई कुलतमा मन जानेछ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :साथीभाइको सरसहयोगले अधरो काम बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । धार्मिक कार्यमा रुची बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ । सामान हराउन सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :नयाँ ज्ञान प्राप्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :विद्या र बुद्धिको विकास हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn: मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :  पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा पनि सजक रहनुहोला ।पुनर्मिलनको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : उच्च कामको तारिफ  हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । परिवारमा मेलमिलापको नयाँ आयाम सुरु हुनेछ ।

Leave A Reply

Your email address will not be published.