Rashtriya Yuva Jagaran
Online Digital News

अन्ततः प्रधानन्याधिशमा जोशी अस्वीकृत

सुनको भाडोले सत्यको मुख छोप्यो: जोशी

  •  
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं, साउन १८ गते शुक्रबार २०७५ । अन्तिम समयमै भएपनि नेपाली कांग्रेसले बहिष्कार गरेको ससदीय सुनुवार्इ विशेष समितिको आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायधिशमा बहुमतले अस्वीकृत गरेको छ । लामो हानाथाप र बादविवादकाबीच शुक्रबार बसेको संसदीय सुनुवाई समितिको बैठकले जोशीको नाम दुई तिहाई मतबाट अस्वीकृत गरेको हो ।
जोशीको विपक्षमा १० मत परेको छ भने पक्षमा शून्य मत परेको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश जोशी समितिबाट १० मतले अस्वीकृत भएको जानकारी दिए।

जोशीको प्रतिक्रियाका क्रममा रातोपाटी डटकम लेख्छ–  धेरैले जोशीको नाम अनुमोदन नहुने भएकाले यसअगावै उनको राजीनामा आउने अपेक्षा गरेका थिए । कतिपयले जोशीलाई राजीनामा दिएर सहज वातावरण बनाउन सुझाव समेत दिएका थिए । तर, जोशीले यस्तो सुझाव स्वीकार गरेनन् ।

काङ्ग्रेसको आडभरोसा पाएका जोशीले संसदीय सुनुवाइमार्फत शुक्रबार उनको विपक्षमा निर्णय सार्वजनिक भैसक्दा पनि अब के गर्नुहुन्छ भन्ने प्रश्नको कुनै जवाफ दिन चाहेनन् ।

समितिको निर्णयपछि रातोपाटीले शुक्रबार जोशीसँग टेलिफोन सम्पर्क गरी अब तपाईंको कदम के हुनसक्छ ? जवाफमा उनले संसदीय समितिको निर्णय प्रक्रियाप्रति गम्भिर आरोप लगाए । उनले ‘सुनको भाडोले सत्यको मुख छोप्यो’ भन्ने जवाफ मात्र दिए । राजीनामा दिएर अबको प्रधानन्यायाधीश चयनका लागि बोटो खोलिदिनुहून्छ भन्ने प्रश्नमा पनि उनले तत्काल केही नसोचेको जवाफ दिए ।

खासगरी प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको समर्थन पाएका जोशीको नाम संसदीय सुनुवाई समितले अस्वीकार गर्दा समेत त्यसमा काङ्ग्रेसले असन्तुष्टि जनायो । समितिमा रहेका चार जना सांसदहरु समितिको सवै प्रकृयमा सहभागि भएर पनि निर्णय सुनाउने बेलामा लिखित असहमति जनाउदै बाहिरिएका थिए ।

Leave A Reply

Your email address will not be published.