Rashtriya Yuva Jagaran
Online Digital News

नवनियुक्त तीन मन्त्रीहरुले आज शपथ लिने 

खुशियालीमा मोरङको पथरीमा दिपावली

  •  
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

युवा जागरण संवाददाता

काठमाडौं, साउन १९ गते शनिबार २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले खाली भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा मोरङ क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकाल नियुक्त भएका छन् । ढकालसहित भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा सुरेन्द्र यादवलाई नियुक्त गरेका छन । तीनै जना मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस पटकको मन्त्रीमण्डल बिस्तारबाट अब मन्त्रीपरिषद्को संख्या २५ पुगेको छ । नवनियुक्त मन्त्रीहरुमा ढकाल र अर्याल नेपाल कम्युनिस्ट पार्टीका हुन् भने यादव संघीय समाजवादी फोरमका हुन् । सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई फुटाएर भूमी व्यवस्था छुट्टै मन्त्रालय बनाई अर्याललाई जिम्मा दिइएको हो ।

खुशियालीमा मोरङको पथरीमा दिपावली

यसैबीच मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद भानुभक्त ढकाल कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएको खुशियालीमा मोरङको पथरी शनिश्चरेमा खुसीयालीका साथ दिपावली गरिएको छ ।
शुक्रवार साँझ पथरी चोकमा भएको दिपावली कार्यक्रममा बोल्दै पूर्व सांसद चण्डीप्रसाद राई र पथरीशनिश्चरे नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाले आफ्नो क्षेत्रका सांसद मन्त्री हुनुभएकोमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका रहने अपेक्षाका मन्तव्य व्यक्र गरेका थिए ।
कार्यक्रममा, नेकपा, युवा संघ नेपाल सहितका नेता कार्यकर्ताको संयुक्त संयोजनमा दिपावली भएको हो ।

 

Leave A Reply

Your email address will not be published.