Rashtriya Yuva Jagaran
Online Digital News

दोहोरो, तेहोरो कर हटाउन प्रधानमन्त्री ओली प्रतिबद्ध

  •  
  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

युवा जागरण संवाददाता
काठमाडौं, १९ साउन २०७५ शनिबार । व्यापारी व्यवसायीहरु करको मारमा परेको गुनासा आईरहेका बेला प्रधानमन्त्री खड्गकुमार ओलीले असमान अर्थात दोहोरो र तेहोरो कर भए त्यसलाई हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उद्योग संगठन मोरङको प्रतिनिधिमण्डले शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच देखिएका असमान र असमझदारीका विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोली छलफलको लागि भारत पठाउन लागिएको खुलासा गरे । यसबाहेक नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गर्ने आश्वासन समेत प्रधानमन्त्री ओलीले दिए ।
प्रधानमन्त्री ओलीले नेपालको परिचय बदल्न उद्यमी र सरकार मिल्नुपर्ने समेत औंल्याए । प्रधानमन्त्री ओलीले भने– नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, गरीब नेपालबाट सम्पन्न नेपालमा, पछौटेपनबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपाल निर्माण गरेर नेपालको पुरानो परिचय बदल्न उद्यमी व्यवसायीले योजना ल्याएमा सरकारको साथ सहयोग हुनेछ । अन्र्तक्रियाका क्रममा प्रधानमन्त्री ओलीले अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्नुपर्ने, व्यापार सन्तुलन कायम गर्नेपर्ने र समग्र आर्थिक परिवर्तन गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने–हामी आर्थिक परिर्वतन त भनिरहेका छौँ तर त्यो बाटो पक्रिरहेका छैनौं । सरकार र उद्यमीको संयुक्त प्रयासबाट आर्थिक परिवर्तनको बाटो तय गर्नुपर्दछ, यसमा कृषिलाई पनि जोड्नु पर्दछ ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार एकै ठाउँमा उभिरहन नबनेको भन्दै जनताको चाहना अनुसारको स्थिरताका निम्ति जनताको अपेक्षा अनुसार सरकारले काम गर्ने बताए । उद्योग स्थापनाका सन्दर्भमा कुरा राख्दै प्रधानमन्त्री ओलीले भने– उद्योगको स्थापना र सञ्चालनका लागि जे जति सहुलियत दिन सकिन्छ, त्यसमा सरकारले कञ्जुष्याईं नगर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ । सो अवसरमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले नेपालको व्यापार सन्तुलनका लागि सरकारले गर्नुपर्ने तत्कालीन र दीर्घकालीन कामका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.