Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७५ साउन २१ गते सोमबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं । यहाँहरुको दिन शुभ रहोस् ।

  •  
  • 17
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

आज पवित्र महिना साउनको तेस्रो सोमबार । आराध्यदेव शिव भगवानको आराधना सबै देवालयहरुमा हुँदै ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धार्मिक यात्राको योगछ । आफन्तको सहयोग प्राप्त हुनेछ । प्रेममा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । आँटेको कार्य पूरा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला, सचेत रहनुहोला । खानपिनमा सहजकता अपनाउनु होला ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्य बाट मान सम्मान पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo  :व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आँटेकोे र ताकेको कार्य पूरा होला । दिन राम्रो छ । यात्राको योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :व्यवसायमा मन्दी आउला, लगानी डुव्ने भयछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius : अतिथिको रूपमा सत्कार पाइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोकिएको धन पाइएला ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :  वैदेशिक क्षेत्र कमजोर रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :दाम्पत्य जीवन सुखमय हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आँटेको काममा सफलता मिल्नेछ ।

इहिमालयटाइम्स डटकम

Leave A Reply

Your email address will not be published.