Rashtriya Yuva Jagaran
Online Digital News

इन्डोनेसियामा भुकम्प गएपछि सुनामीको त्रास, भुकम्पबाट सैयौंको निधन

  •  
  • 47
  •  
  •  
  •  
  •  
  •  
    47
    Shares

इन्डोनेसिया, २१ साउन २०७५ सोमबार । इन्डोनेसियामा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै सामुन्द्रीक आँधि सुनामीको त्रास फैलिएको छ ।
अमेरिकी भुगर्भ विभाग (यूएसजीएस)ले जनाए अनुसार इन्डोनेसियाको लोम्बुक टापु केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भुकम्प गएको हो।
उक्त भूकम्पका कारणसयबढीको निधन भईसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । क्षति विवरण एकिन भईनसकेको पनि जनाइएको छ ।
सयौं घाइते भएका छन् ।  सो टापुको उत्तरी तटमा भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । भूकम्पपछि सो क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।
प्रसिद्ध पर्यटकीय क्षेत्रमा भूकम्प गएको एक साता नबित्दै पुनस् भूकम्प गएको हो ।
आइतबारको भूकम्पको केन्द्रविन्दु लोम्बकको सतहबाट १० किलोमिटर गहिराइमा रहेको यूएसजीएसले बताएको छ ।
इन्डोनेसियाली अधिकारीहरूले भूकम्पपछि लोक्बक र वरपरका क्षेत्रमा सुनामी आउने चेतावनी दिँदै नागरिकहरूलाई सामूद्रिक क्षेत्रबाट टाढा रहन आग्रह गरेका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
इन्डोनेसियाको मौसम, जलवायु तथा भुगर्भ विभाग हेर्ने निकायका प्रमुख डिकोरिता कर्नावतीले स्थानीय टेलिभिजनमार्फत नागरिकलाई सामूद्रिक सतहदेखि अग्लास्थानमा गएर बस्न र सूनामीको प्रभाव शान्त भएपछि मात्र घर फर्कन आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.