Rashtriya Yuva Jagaran
Online Digital News

सुरक्षा घेराभित्र पर्यटकलाई राखेर नमस्ते झरना मंगलबारदेखि खुल्ला हुने

  •  
  • 75
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares

नमस्ते झरनामा दुर्घटना भएपछि बन्द भएबाट त्यहाँका दर्जनौं होटल तथा अन्य व्यवसायीहरुले समेत निकै ठूलो घाटा व्यहोर्नु परेको छ । झरना खुल्ला हुने खबरले ति व्यवसायीहरु उत्साहित समेत बनेका छन् । त्यहाँ खोलिएका होटलहरुले दैनिक ५० हजारसम्मको कारोबार गर्ने गरेको बताउँछन् ।

युवा जागरण संवाददाता

भेडेटार (धनकुटा), २१ साउन २०७५ सोमबार । धनकुटाको पर्यटकीयस्थल नमस्ते झरना सुरक्षा घेराभित्र पर्यटकलाई राखेर मंगलबारदेखि खुल्ला हुने भएको छ । असार १ गते इटहरी–९ का विक्रम तामाङको ढुंगा खसेर निधन भएपछि उक्त झरना बन्द गरिएको थियो ।
नयाँ सुरक्षा रणनीतिका साथ पर्यटकको सुरक्षाका निम्ति दायाँबायाँ र मुख्य स्थानको माथि माछीकाँडे जाली लगाएर नयाँ सुरक्षा रणनीतिका साथ उक्त झरना खुल्ला गरिएको नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार लिम्बु बताउँछन् । लिम्बुका अनुसार साँगुरीगढी गाउँपालिकाको ६ लाख र स्थानीय समुदायबाट ५० हजार संकलन गरेर उक्त झरनाको निर्माण कार्य सम्पन्न गरिएको छ ।
झरना आवागमन बन्द गरेर १ महिनाभन्दा वढी समय लगाएर झरना घुम्न आउने पर्यटकको सुरक्षाको माछीकाँडे जालीसँग सुरक्षाको नयाँ व्यवस्थापन गरिएको अध्यक्ष लिम्बु बताऊँछन् ।
लिम्बूले झरनामा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको लागि अबका दिनमा थप सुरक्षा व्यवस्थाअपनाइएको बताए ।
नयाँ व्यवस्थापनमा पर्यटकहरुलाई प्रवेशद्वारबाटै उक्त भरनाको विषयमा जानकारी गराएर प्रवेश गराईने रणनीति रहेको छ । अध्यक्ष लिम्बुले पर्यटकको चाहनाअनुसार झरना घुमेर प्रवेशद्वारबाट बाहिर फर्किन्जेलसम्म झरना व्यवस्थापन समितिले तोकेको सुरक्षा व्यवस्थाभित्रै पर्यटक रहनु पर्ने नयाँ नियम समेत लगाएको छ ।

Leave A Reply

Your email address will not be published.