Rashtriya Yuva Jagaran
Online Digital News

साउनको तेस्रो सोमबार विभिन्न शिवालयमा उत्तिकै भक्तजनको भिड

  •  
  • 95
  •  
  •  
  •  
  •  
  •  
    95
    Shares

सिर्जना कार्की

इटहरी (सुनसरी) । २१ साउन २०७५ सोमबार । आज साउने तेस्रो सोमबार एक नम्बर प्रदेशका इटहरी, विराटनगर, धरान, इनरुवा, विराटचौक, लक्ष्मीमार्ग, बेलबारी, पथरी, उर्लाबारीलगायत झापा, मोरङ, सुनसरीसहित १४ जिल्ला मात्र नभएर अधिराज्यभरका शिवालयहरुमा भक्तजनहरुको उत्तिकै भिड लागेको देखिन्थ्यो। ब्रत बसेर साथीभाई भेला भएर देवालयमा सेल्फी खिच्नेको पनि उत्तिकै भिड थियो ।
साउन महिनाको दोस्रो सोमबार विशेष गरेर हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधनाका साथ मनाएका छन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । बिहानैदेखि काठमाडौँको पशुपति क्षेत्र, लगायतका देशभरका शिवालयहरुमा बिहानैदेखि घुँईचो लागेको छ ।
यस दिन विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा, पोते लगाएर शिवको पूजा गर्दछन् ।
दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । काठमाडौको पशुपति र चितवनको देवघाटमा बोलबम मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.