Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७५ साउन २२ गते मंगलबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 45
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : परिश्रम गर्दा धनार्जन हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्था बाट सहयोग पाईनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :आर्थिक लेनदेनमा समस्या देखा पर्ला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च बढ्नेछ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । शेयरको कारोवारमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । अचल सम्पत्तिको कारोवार हुनेछ ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn: वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :  सोचेको काममा साथीको सहयोग मिल्ने छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ । शरीरका सामान्य समस्या देखिन सक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : दैनिक कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्धमा नयाँ आयाम शुरु हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

ehimalayatimes.com

Leave A Reply

Your email address will not be published.