Rashtriya Yuva Jagaran
Online Digital News

प्रधानन्यायधिशमा राणा सिफारिस हुने सम्भावना बढ्दै

अख्तियारमा आयुक्त रिफारिस हुने सम्भावना

  •  
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं, २२ साउन २०७५ मंगलबार । संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायधिशमा सिफारिस गरिएका दिपकराज जोशी अस्वीकृत भएपछि नयाँ प्रधानन्याधिशको खोजी कार्य तिव्ररुपमा भईरहेको छ ।
जोशी अस्वीकृत भएको भोलिपल्देखि नै कामु प्रधानन्यायधिशको रुपमा काम गर्दै आएका ओमप्रकाश मिश्रको विषयमा पनि शैक्षिक प्रमाणपत्रहरु भारतीय हुँदै प्रमाणपत्र तह र माध्यमिक तहबीचको निकै ठूलो दुरी देखिएकोले उनी पनि अस्वीकृत हुने सम्भावना बढेसँगै त्यसपछि रोलक्रममा रहेका न्यायधिश चोलेन्द्र शमशेर राणाको सम्भावना बढ्दै गएको हो ।
यसअघि कामु प्रधानन्यायाधीश दिपकराज जोशीको नाम परिषदको बैठकले सिफारिश गरेको थियो । तर, संसदीय सुनुवाई विशेष समितिले जोशीको नाम अस्वीकृत गरेसँगै नयाँ प्रधानन्याधीश सिफारिस गर्नुपर्ने भएको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेने संवैधानिक परिषदमा सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, कानूनमन्त्री र विपक्षी दलको नेता सदस्य रहने संवैधानिक प्रावधान रहेको छ ।
परिषदको बैठकले प्रधानन्यायाधीशको लागि सर्वोच्चका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश चोलेन्द्र शमशेर राणामध्येबाट एकको नाम सिफारिश गर्नेछ ।
परिषदको बैठकले अख्तियार दुरुपयोग अनुशन्धान आयोगको प्रमुख आयुक्तको लागि पनि नाम सिफारिश गर्ने बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.