Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७५ साउन २३ गते बुधबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 15
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :  भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : धार्मिक/सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :शुभकार्यको चर्चा चल्नेछ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवादपनि बढ्नेछ । चोटपटक लाग्न सक्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । पाटनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio  : लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक यात्राको योगछ ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भौतिक साधन जुटाउने समय छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :  छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । वाहान सुख मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.