Rashtriya Yuva Jagaran
Online Digital News

विवेकशिल साझा पार्टीका संयोजक मिश्रलाई पितृ शोक

  •  
  • 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं, २४ साउन २०७५ बुधबार । विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई पितृ शोक परेको छ । मिश्रका पिता तथा वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ ।
आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवासबाट बाहिर निस्केका थिएनन् ।
उनको आत्मकथा ‘हर्मिताज स् अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पिता हुन् ।
कान्छो छोरा विदेशबाट आएपछि सम्भवतः बिहीबार मिश्रको अन्त्येष्टि गरिने छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Tuborg

Leave A Reply

Your email address will not be published.