Rashtriya Yuva Jagaran
Online Digital News

अब दुर्घटना बीमा रकम बढाउने तयारी

निधन भएका व्यक्तिका परिवारलाई १० लाख र घाइतेले पाउने ३ लाख बढाउने योजना

  •  
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं, २३ साउन २०७५ बुधबार । यातायात समितिहरु समितिमा नरहने भएपछि दुर्घटनामा निधन भएका तथा घाइतेहरुले पाउने क्षतिपूर्ति कम भएको भन्दै यातायात व्यवस्था विभागले क्षतिपूर्तिको रकम बढाउने योजना अगाडि सारेको छ ।
तेस्रो पक्ष बीमा शतप्रतिशत बढाउने गरी ५ लाखबाट बढाएर १० लाख क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेलाई दिँदै आएको ३ लाखलाई बढाउने योजना विभागले अगाडि सारेको हो ।
सवारी दुर्घटनामा भएका व्यक्तिका परिवारलाई बीमा कम्पनीले हाल ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको छ । ५ लाख रुपैयाँ बीमा रकम एकदमै कम भएको गुनासाहरु आएपछि विभागले यसलाई शतप्रतिशत बढाउने गरी तयारी शुरु गरेको हो ।
विभागले बीमा रकमसहित प्रिमियिम शुल्क समेत के(कति रकमसम्म बढाउन सकिन्छ भनेर बीमा समितिसँग प्रस्ताव माग गरेको छ ।
विभागले बीमा समितिसँग १५ दिनभित्र तेस्रो पक्ष बीमा रकम बढाउन प्रस्ताव माग गरेको प्रवक्ता तुलसीराम अर्यालले बताए । बीमा रकम बढेसँगै बीमा प्रिमियम पनि बढ्नेछ ।
‘प्रचलित बीमा सम्बन्धित व्यवस्थामा प्रिमियम र तेस्रो पक्ष बीमा वृद्धि हुने रकम खुलाई प्रस्ताव पेश सूचना जारी गरिएको छ’, प्रवक्ता अर्यालले भने, ‘बीमा समितिले प्रस्ताव गरेपछि कति बढाउने भन्ने निर्णय हुन्छ ।’ सिण्डिकेट अन्त्य भइसकेपछि यातायात क्षेत्र सुधारको बीमा रकम बढाउन लागिएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.