Rashtriya Yuva Jagaran
Online Digital News

बिप्लव फरार, प्रवक्ता ‘प्रकाण्ड’ पक्राउ

  •  
  • 10
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं, २३ साउन २०७५ बुधबार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ फरार रहेपनि उनका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई विशेष प्रहरी ब्यरोले पक्राउ गरेको छ ।
स्रोतका अनुसार पूर्व मन्त्री प्रकाण्डलाई काठमाडौंबाट पक्राउ परेको जनाइएको छ । प्रकाण्डका विषयमा अनुसन्धान भईरहेको छ । उनी विष्फोट तथा चनदा असुली मुद्दामा फरार रहेका थिए । यसैगरी सोही पार्टीका केन्द्रीय सदस्य आजाद केसीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।
महासचिव विप्लवलाई पनि प्रहरीले वारेन्ट जारी गरेको भए पनि अहिलेसम्म पक्राउ परेका छैनन । उनी फरार छन् । यसैगरी नेकपाकै पोलिब्यूरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईसहितका नेताहरुलाई पनि पक्राउ गरी प्रहरीले मुद्दा अघि बढाएको छ।

Leave A Reply

Your email address will not be published.