Rashtriya Yuva Jagaran
Online Digital News

परिपक्व नभई सूचना प्रवाह नगर्नुस् : मन्त्री पण्डित

  •  
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं, २३ साउन २०७५ बुधबार । परिणामुखी कामको लागि परिपक्व सूचना प्रवाह गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिले निर्देशन दिएका छन् ।
मन्त्रीपरिषद्का निर्णयहरु २४ घण्टासम्म नदिने प्रावधान रहेको उल्लेख गर्दै मन्त्री पण्डितले आलोकाँचो सूचनाले परिणाम राम्रो नदिने भन्दै समय आएपछि मात्रै सूचना दिन सचेत गराएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित प्रदेश ३ का स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग सूचनाको हकसम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री पण्डितले समय नआई सुचना दिँदो सरकारलाई अप्ठयारोमा पार्ने गरेको पनि स्मरण गराए ।
संचारकर्मीले आलोकाँचो सूचना मागेर अप्ठयारोमा पार्ने गरेकोे गुनासो पनि उनले गरे । मन्त्री पण्डितले परिपक्व भएपछि भने सूचना दिन कन्जुस्याई गर्न नहुने बताए । सूचनाको हक पाउने नागरिकको अधिकार हनन् हुन नदिन सरकार सचेत रहेको पनि उनले दावी गरे ।

Leave A Reply

Your email address will not be published.