Rashtriya Yuva Jagaran
Online Digital News

बैंकबाट झिकेको रकम बाटोमा दिउँसै लुटियो, व्यापारी त्रसित

  •  
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

सिरहा, २४ साउन २०७५ बिहीबार । कल्याणपुर बजारमा राजाराम मनि ट्रान्सफरका सञ्चालक राजाराम शाहले बैंकबाट निकालेको रकम दिउँसै २५ लाख बढी रकम लुटिएको छ । साहले मिर्चैया स्थित ग्लोबल आईएमई बैंकबाट झिकेर आफ्नो रेमिट कार्यालयमा ल्याउँदै गरेको रकम मिर्चैया नगरपालिका–३ राघोपुरमा बन्दुकधारीले लेटेका हुन् ।
रकम लिएर मोटरसाईकलमा जाँदै गरेका साहलाई राघोपुर नजिक दुईवटा मोटरसाईकलमा आएका बन्दुकधारी समूहले पेस्तोल देखाएर रकम लुटेर लगेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साहले बताए। सो समूहले रकम लुटेपछि साह चढेको मोटरसाईकबाट तेलको पाईप समेत चुडालिदिएको थियो।
डिएसपी साहका अनुसार लुटेरा समूह धनुषातिर भागेको बुझिएको छ। घटनास्थल मिर्चैया बजारबाट तीन किलोमिटर दक्षिण मिर्चैया –कल्याणपुर– सिरहा सडकमा पर्छ। लुटेरा समूहको खोजीकार्य तिव्र पारिएको प्रहरीले बताएको छ। दिउँसै पेस्तोल ताकेर रकम लुटिएपछि यस क्षेत्रका व्यपारिहरु त्रसित बनेका छन्। करिब दुई महिना अघि यसै ठाउँबाट अर्का मनी ट्रान्सफर सञ्चालकको ११ लाख रकम लुटिएको थियो। यो घटनामा संलग्नहरुबारे अझै प्रहरी सुराक विहिन छ।

nagariknews

Leave A Reply

Your email address will not be published.