Rashtriya Yuva Jagaran
Online Digital News

मोरङको मिक्लाजुङ गापामा हप्तामा दुई पटक फोहोर उठ्ने

  •  
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

युवा जागरण संवाददाता
उर्लाबारी (मोरङ), २६ साउन, २०७५ शनिबार । मोरङको मिक्लाजुङ गाउँपालिकाले फोहोर व्यवस्थापनका निम्ति नयाँ रणनीतिका साथ अगाडि बढेको छ ।
प्राप्त समाचार अनुसार उक्त गाउँपालिकाले बजार क्षेत्रबाट हप्तामा दुई पटक फोहोर संकलन गर्ने भएको छ । विशेष गरेर मिक्लाजुङ गाउँपालिका अन्तर्गतको मधुमल्ला बजारको फोहोर व्यवस्थापनमा गाउँपालिकाले गरेको यो निर्णयलाई स्थानीय निकै उत्साहका साथ हेरेका छन् । सो बजारमा
उचित तरिका र प्रविधिबाट फोहोर व्यवस्थापन नहुँदा दिनानु दिन अव्यवस्थित, दुर्गन्धित हुन थालेपछि गत शनिबारबाट गाउँपाललिकाले मिक्लाजुङको केन्द्र मधुमल्ला बजार र आसपासका क्षेत्रबाट निस्कने फोहोरमैलालाई सङ्कलन गरी सातामा दुई दिन व्यवस्थापन गर्न थालेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले फोहोर उठाउन थालेपछि उक्त समस्याबाट स्थानीय मुक्त भएका हुन् ।
‘यसअघि स्थानीयले फोहोर उठाउन बारम्बार माग गरे पनि विविध कारणले फोहोर उठाउन सकिएको थिएन’ मिक्लाजुङ गाउँपालिकाका वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक सोमनाथ अधिकारीले भने, ‘तर अब गाउँपालिकाले निरन्तर फोहोरमैला व्यवस्थापनमा काम गर्नेछ ।’

Leave A Reply

Your email address will not be published.