Rashtriya Yuva Jagaran
Online Digital News

अस्ताए ‘जदौ’ अर्थात रेडियोकर्मी यज्ञनिधि

  •  
  • 10
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

युवा जागरण संवाददाता
ललितपुर, २६ साउन, २०७५ शनिबार । लामो समय रेडियो नेपालको बालकार्यक्रमका प्रस्तोता तथा हाल रेडियो अन्नपूर्णमा शनिबार ‘जदौं’ कार्यक्रम सञ्चालन गर्दै आएका पुराना सञ्चारकर्मी यज्ञनिधि दाहालको शुक्रबार निधन भएको छ ।
लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
प्राप्त जानकारी अनुसार मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए। दुई दशकअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। गत बुधबार डायलासिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो।
मस्तिष्कघातका कारण यज्ञनिधि मण्डिखाटारस्थित निवासमा लडेका थिए। चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि शुक्रवारै उनलार्इ थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो।
खोटाङमा जन्मेका यज्ञनिधिका निबन्ध, कविता, गीत, समीक्षा, व्यङ्ग्य आदि प्रकाशित छन्।

Leave A Reply

Your email address will not be published.