Rashtriya Yuva Jagaran
Online Digital News

अमानविय घटनामा संलग्नलाई हदैसम्मको कारवाही गर्न गृहमन्त्रीको निर्देशन

  •  
  • 5
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

युवा जागरण संवाददाता
चितवन, २६ साउन, २०७५ शनिबार । दैनिक रुपमा समाजमा अमानविय तथा आपराधिक घटना घट्दै जान थालेपछि कुनै जात, लिंग वा धर्मका आधारमा हुने अमानविय तथा आपराधिक क्रियाकलापका दोषीमाथि हदैसम्मको कारवाही गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिएका छन् ।
गृहमन्त्री थापाले चितवनको भरतपुरस्थित मध्यक्षेत्र प्रहरी तालिम केन्द्रमा आयोजित प्रहरी सहायक निरीक्षक आधारभुत तालिम तथा दीक्षन्त समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
सम्बोधनमा गृहमन्त्री थापाले समाजमा आपराधिक घटना बढेको भन्दै त्यसमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन निर्देशन दिए ।
गृहमन्त्री थापाले जात, लिङ्ग वा धर्मका आधारमा हुने विभेद र अमानवीय घटनाका पीडकलाई हदैसम्मको दण्डित गर्ने कार्यमा प्रहरी अग्रसर हुनुपर्ने बताए ।
आगामी भदौ १ गतेदेखि लागू हुने नयाँ कानूनी व्यवस्थालाई ध्यानमा राखेर प्रहरी विषेश चनाखो रहनुपर्ने उनको भनाई थियो ।
कानूनी रुपान्तरणको अवस्थामा यसको प्रभावकारी कार्यान्वयन गर्न गराउन प्रहरीको महत्वपूर्ण भूमिका रहने उनले बताए ।

Leave A Reply

Your email address will not be published.