Rashtriya Yuva Jagaran
Online Digital News

युवाहरुको भूमिकाले बदलिएको आर्थिक, सामाजिक तथा राजनीतिक क्रान्ति

सन्दर्भ अन्तर्राष्ट्रिय युवा दिवस

  •  
  • 14
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

युवाहरुको भूमिका संकुचित भयो वा उनीहरुको भूमिका प्रभावकारी हुन सकेन भनिरहँदा उनीहरुको भूमिकाकै कुरा गर्ने हो भने देशमा हिजोका दिनमा कति विकृति, विसंगति थिए त्यसको अहिलेको अवस्था आउनुमा उनीहरुको मुख्य भूमिका हो । अर्को हिजोका दिनमा वैदेशिक रोजगारमा जानेहरुको संख्या ५ लख ३८ हजार थियो भने त्यो घटेर अहिले ३ लाख २३ हजारमा आएको तथ्याङ्क छ । यो नै युवाहरुको स्थायित्वका आकर्षण र अवसरकै आधारमा अहिले तथ्याङ्कहरु फेरबदल भएको छ । शैक्षिक प्रमाणपत्रको आधारमा ऋण, विदेशबाट फर्किएका युवाहरुको शिप, उनीहरुले ल्याएको थोरै पैसा र त्यसमा सरकारको साथ १० लाख जनही ऋण उपलब्ध गराउने घोषणा गरेको छ । प्रधानमन्त्री स्वरोजगार कोषअर्कोतिर छँदैछ । ५ लाख युवाहरुलाई रोजगारी दिने गरी कार्यक्रम अगाडि बढिसकेको युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल बताउँछन् ।

=====================================

खगेन्द्र कार्की

विराटनगर (मोरङ) , २७ साउन २०७५ आइतबार । आज विश्वभरि अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । नेपालमा झण्डै १५ हजारको हाराहारीमा नेपाली युवाहरुले देशको तीनवटै महत्वपूर्ण निकायहरुमा प्रतिनिधित्व गरेका छन् । तथ्याङ्कमै भन्नुपर्दा १३ हजार ८ सय ९३ युवाहरुले स्थानीय निकायमा प्रतिनिधित्व गरिरहेका छन् । यसैगरी १ सय ३० जना युवाहरु प्रदेशमा विजयी बनेका छन् भने ३६ जना युवाहरु प्रतिनिधिसभामा बसेका छन् । यसैगरी ४ जना युवाहरुले राष्ट्रिय सभामा बसेर काम गर्ने अवसर प्राप्त गरेका छन् । हिजोका दिनमा कुनै अवसर नपाएका गुनासाका पुलन्दी बोक्ने युवाहरु आजभोली देशको ठूला ठूला निकायहरुमा प्रतिनिधित्व गर्न पुगेका छन् । ति युवाहरुले सक्रियतापूर्वक नीति निर्माण गर्ने, कार्ययोजना बनाउने र कार्यान्वयनको स्थानमा पुग्न सफल भएका छन् । नीति निर्माण तहदेखि कार्यान्वयनसम्मको अधिकार क्षेत्रभित्र रहेर युवाहरु आफ्नो दक्षता, कलाकौशललाई जनताको जनजिविकाकाको सन्दर्भमा, विकास र समृद्धिको क्षेत्रमा बौद्धिकता प्रदर्शन गर्ने अवसर प्राप्त गर्नु नै आजका युवाहरुको महत्वपूर्ण उपलब्धी मानिन्छ । यसका अलवा सामाजिक विसंगति र विकृतिहरुलाई आजको अवस्थासम्म ल्याएर परिवर्तनको संवाहक बनेको उदाहरण प्रस्तुत गर्दै युवाहरु आफूलाई सफल नेतृत्वकर्ताको रुपमा उभ्याएका छन् ।
भर्खरै महिला, बालबालिका तथा युवा मन्त्रालय अन्तर्गतको युवा परिषद्ले युवाहरुको उमेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन भन्दै १६ देखि ३५ वर्ष राख्न प्रस्ताव गरेको छ । त्यसो त युवा उमेर समूह विभिन्न देशहरुमा फरक फरक छन् । वेलायतमा १६ बर्ष देखी १८ बर्ष, अमेरीकामा १२ देखी १८, उत्तर इटलीमा १४ देखी १८ द क्षिण इटलीमा १४ देखी २९ अफ्रिकी चार्टरमा १५ देखी ३५, फिलिपिन्समा १५ देखी ३०, कमनवेल्थमा १५ देखी २९, केन्यमा १५ देखी ३५, तान्जिनियामा १५ देखी ३५, नाईजेरीयामा १२ देखी ३० दक्षिण अफ्रिकामा १४ देखी ३५, जिम्बाबे १६ देखी ३५, मलेशियामा १६ देखी ४०, सिंगापुरमा १५ देखी २९, ईण्डोनेसियामा १६ देखी ३५, म्यानमारमा १६ देखी १८, भेतनाममा १५ देखी ३०, हङकङमा ६ देखी २४, अवगानिस्तानमा १८ देखी ३०, पाकिस्तानमा १५ देखी २९, बंगलादेशमा १८ देखी ३५, भारतमा १५ देखी २९, भुटानमा १३ देखी २४, माल्दिभ्समा १४ देखी ३५, श्रीलंकामा १५ देखी २९ र नेपालमा १६ देखी ४० (१५ देखि ३५ प्रस्ताव) बर्ष उमेर समुहका ब्यक्तिलाई युवाका परिभाष भित्र पारिएका छन् । नेपालमा क्रियाशिल मुख्य राजनीतिक दल सम्बद्ध युवा भातृ संगठनहरुले ४० वर्ष, नेपाल तरुण दलले १६ देखी ४५ बर्षभित्रका उमेर समुहकालाई युवा मान्ने गरेको छ ।
यद्यपि नेपालमा युवाहरु जसरी नेतृत्वपंक्तिमा उभिएका छन् किन हिजोका दिनमा भाषण गरेझैं उनीहरुले आफ्नो प्रतिभा, विद्वता वा कार्यक्षमता प्रस्तुत गर्नसकिरहेका छनन् भन्ने सन्दर्भ अहिले जोडिन पुगेको छ । सरकारले यत्रो देशको विरासत थाम्न अगाडि बढेको युवाहरुका निम्ति युवा परिषद अन्तर्गत बजेटमा झारा टार्दै परिषद् चलाउने हिसाबले मात्र ११ करोड मात्र विनियोजन गरेर युवाहरुलाई पन्छाई दिएको छ । यद्यपि त्यसका अलवा युवाहरुका निम्ति स्वरोगार बनाउन र उनीहरुको उद्योग, व्यवसायमा आकर्षित गर्नका निम्ति भने अन्य विकल्प पनि नदिएको भने होइन । तर त्यसको कार्यान्वयन हुने कि नहुने भन्ने प्रश्न महत्वपूर्ण रहि आएको छ । सरकारले युवा दक्षित कार्यक्रम धेरै ल्याएको तर त्यसको कार्यान्वयनमा समावेशी वा निस्पक्षता कति देखाउन सक्ने वा आफ्ना कार्यकर्ता मात्र पाल्नका लागि आएको कार्यक्रम हुन सबैलाई समान सहभागिता गराएर समग्र युवाहरुको विकास, संरक्षण र समृद्धिमा ध्यान दिने भन्ने महत्वपूर्ण विषय अनुत्तरित नै छ ।
युवाहरुको भूमिका संकुचित भयो वा उनीहरुको भूमिका प्रभावकारी हुन सकेन भनिरहँदा उनीहरुको भूमिकाकै कुरा गर्ने हो भने देशमा हिजोका दिनमा कति विकृति, विसंगति थिए त्यसको अहिलेको अवस्था आउनुमा उनीहरुको मुख्य भूमिका हो । अर्को हिजोका दिनमा वैदेशिक रोजगारमा जानेहरुको संख्या ५ लख ३८ हजार थियो भने त्यो घटेर अहिले ३ लाख २३ हजारमा आएको तथ्याङ्क छ । यो नै युवाहरुको स्थायित्वका आकर्षण र अवसरकै आधारमा अहिले तथ्याङ्कहरु फेरबदल भएको छ । शैक्षिक प्रमाणपत्रको आधारमा ऋण, विदेशबाट फर्किएका युवाहरुको शिप, उनीहरुले ल्याएको थोरै पैसा र त्यसमा सरकारको साथ १० लाख जनही ऋण उपलब्ध गराउने घोषणा गरेको छ । प्रधानमन्त्री स्वरोजगार कोषअर्कोतिर छँदैछ । ५ लाख युवाहरुलाई रोजगारी दिने गरी कार्यक्रम अगाडि बढिसकेको युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल बताउँछन् ।
जसका लागि सरकार सबै निकायहरु युवा लक्षित बनेर परिचालित भईरहेका छन् । यो वर्षको सरकारको मुख्य फोकस युवा नै भएकोमा अवस्थामा मनाईने युवा दिवस नेपालका लागि सुखद रहेको प्रतिक्रिया दिन्छन् । तर यति भनिरहँदा युवाहरुले हरेक ठाउँमा अवसर त पाए तर त्यहाँ आफ्नो क्षमता प्रदर्शन गर्न सकेनन् भन्ने सन्दर्भमा ढुंगेल भन्छन– युवाले पाएको अवसर निर्णाणक ठाउँमा पुगेको छैन । युवा प्रधानमन्त्री भएको छैन, केही अपवाद छोडेर भन्ने हो भने युवा मुलुकको मन्त्री भइसकेको छैन । यसर्थ काम नभएका होइनन् । ठ्याक्कै तुरुन्तै नतिजा आउने गरी काम नभएको जस्तो देखिए पनि युवाहरुबाट धेरै कामहरु भईरहेका छन् । यद्यपि त्यतिकै युवाहरु विकृति र विसंगतिको पाटोलाई लिएर हत्या, हिंसा, बलात्कार, तस्करी जस्तो विषयमा आर्थिक प्रलोभनकै कारण लागिरहेका छन् ।

वेश्यावृद्धि, मानव बेचबिखनसम्म र कुलतमा फसेका हजारौं युवाहरु पनि नभएका होइनन् । तर डाटामा हेर्ने हो भने हिजोका दिनमा किशोर र किशोरीहरुको बीचको खाडल आज परिएर कहाँ पुगेको छ । हिजो छोराले मात्र गर्न हुने भनिएका कतिपय कामहरु अहिले महिलाले गरिरहेका छन् । हिजोका दिनमा चुल्हो, चौकोमै सीमित रहेका, मूल्याङ्कन र आयआर्जनविहिन श्रम खर्चिएका महिलाहरु अहिले स्वाभिमानपूक, निष्ठापूर्वक विभिन्न नीतिनिर्माणदेखि आयआर्जको तहमा बसेका छन् । घरभित्रको चुल्होचौको उनीहरुले छोडिसकेका छन् । अर्थात श्रीमान र श्रीमति बराबरी भनेर मिलेर घरको काम गर्ने अवस्थामा पुगिसकेका छन् । सम्पत्तिको हकमा छोरा र छोरीमा विभेद छैन । बराबरी अंश पाउने व्यवस्थासम्म पुगिसकेको छ त्यो सबै सामाजिक, आर्थिक देखि राजनीतिक हुँदै देशको हरेक परिवर्तनमा युवाहरुकै महत्पूर्ण भूमिकालाई अपेक्षा गर्न मिल्दैन ।

Leave A Reply

Your email address will not be published.