Rashtriya Yuva Jagaran
Online Digital News

एक पटक हेरेपछि वर्षैभरि हसाई रहने कमेडी चलचित्र ‘१२ मासे’ भदौ १ गतेदेखि प्रदर्शन

टेलर भिडियोसहित

  •  
  • 16
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares
https://www.youtube.com/watch?v=LcDG9ezn6UM

काठमाडौं, साउन २९ गते २०७५ मंगलबार । एक पटक हेरेपछि वर्षैदिन हास्न मन लाग्ने कमेडी चलचित्र ‘१२ मासे’ यहि भदौ १ गतेबाट अधिराज्यभरका हलहरुमा प्रदर्शनको तयारीमा रहेको छ ।
कमेडी संवादले भरिपूर्ण ट्रेलरमा फिल्मका प्रमुख कलाकार जयकिशन बस्नेतसहित अन्य कलाकारलाई देखाइएको छ । फिल्ममा जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो ।
लय साङ्रौलाले निर्देशन गरेका फिल्ममा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, बासु न्यौपानेले छायांकन र अनन्त घिमिरेको सम्पादन छ।चलचित्रको गीतमा कृष्ण पाण्डे, मिना निरौला र सञ्जय बादलले स्वर स्वर दिएका छन।लय साङ्रौलाले निर्देशन गरेका हुन ।

Leave A Reply

Your email address will not be published.