Rashtriya Yuva Jagaran
Online Digital News

इटहरीकी साहित्यिक सर्जक तथा गायिका भट्टराईको तिज गित बजारमा

  •  
  • 28
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

इटहरी (सुनसरी) । इटहरीकी महिला साहित्यिक सर्जक तथा गायिका गिता भट्टराईले पारिवारिक पृष्ठभूमिमा २०७५ सालको तिजको गित ‘मेरै सिन्दुर’ बजारमा ल्याएकी छन् । यस वर्षको हरितालिका तिज नजिकिँदै गर्दा बजारमा तिजको गित निकाल्ने होड पनि त्यतिकै चलिरहेको छ ।
गायिका भट्टराईले बजारमा ल्याएको गितले पत्नीहरुले आफ्ना पतिको निक्कै नै प्रशंसनिय सम्मान गरेको भाव झल्काउने दृश्य भेटिन्छ । अहिलेको परिबेशमा लोक संगितभित्र मौलिकता हराईरहेको बेला सर्जक तथा गायिकाले यसपाली दुईवटा मौलिक तिज गितहरु श्रोता, दर्शकमाँझ पस्केकी छन् । यो भन्दा अगाडि गायिका अन्जु गौतमको आवाजमा रहेको “सोह्र श्रृंगार” बोलको गित पनि गायिका गिता भट्टराईकै शब्द र संगितमा बजारमा आएको हो । पूर्वाञ्चलको ख्यातिप्राप्त स्टुडियो इटहरीमा स्थापित ‘पूर्बान्चल रेकर्डिङ’मा रेकर्ड गरिएको “मेरै सिन्दुर..”गितमा पनि गायिकाको आफ्नै शब्द र संगित रहेको छ भने एरेन्ज रुद्र श्रेष्ठले गरेका छन् । देबराज सिग्देलको छायांकन, बोधराज पुरुष र सुमन तामाङको निर्देशनमा तयार पारिएको उक्त भिडियोमा गायिका भट्टराईका परिवारको सशक्त अभियन देख्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.