Rashtriya Yuva Jagaran
Online Digital News

तीन पटक प्रधानमन्त्री बनेका भारतीय पूर्व प्रधानमन्त्री वाजपेयी रहेनन्

  •  
  • 38
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

काठमाडौँ । तीन तीन पटक प्रधानमन्त्री भएर भारतको सत्ता हाँकेका पूर्वप्रधानमन्त्री अटल विहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा उपचारार्थ वाजयपेयी १९२४ डिसेम्बर २५ मा जन्मिएका थिए । वाजपेयीको पार्थीव शरिरमा श्रद्धाञ्जली अर्पण गर्न विशिष्ट व्यक्तिहरुको अस्पतालमा भिड लागेको छ ।
९ वर्ष अगाडिदेखि बिरामी परेका वाजपेयीको पिसाव नलीमा संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो ।
पछिल्लो पटक उनको केबल एउटा मात्रै मृगौलाले काम गरिरहेको थियो । ३० वर्षदेखि निजी चिकित्सक रहेका डा. रणदीप गुलेरियाको रेखदेखमा एम्समा उनको उपचार भइरहेको थियो ।
बुधवार राति एम्सले मेडिकल बुलेटिन निकाल्दै अटलको स्वास्थ्य पछिल्लो २४ घण्टामा धेरै बिग्रिएको जनाएको थियो । त्यसपछि उनलाई ‘लाइफ सपोर्ट सिस्टम’ मा राखिएको थियो । बिहीबार बिहान जारी बुलेटिनमाएम्सले अटलको स्थितिमा कुनै सुधार नभएको जनाएको थियो ।
अटल बिहारी वाजपेयी देशको सक्रिय राजनीतिमा पाँच दशक भन्दा धेरै समय सक्रिय रहे । उनी देशको पहिलो गैरकांग्रेसी प्रधानमन्त्री थिए । उनले आफ्नो पहिलो लोकसभा चुनाव १९५२ मा लडेका थिए । तर उनले जित भने १९५७ मा निकाले । त्यो बेलादेखि सन् २००९ सम्म उनी लगातार संसदीय राजनीतिमा सक्रिय रहे । सन् १९७७ मा उनी पहिलो पटक मन्त्री भए । त्यसपछी सन् १९९६ मा उनी १३ दिनका लागि प्रधानमन्त्री बने ।

सन् १९९८ मा फेरि उनलाई प्रम बन्ने मौका मिल्यो । त्यो बेला उनको सरकार केबल १३ महिना टिक्यो । त्यसपछी भएको लोकसभा चुनावमाएनडीए गठबन्धनको बहुमत सरकार बन्यो र वाजपेयीले प्रमका रुपमा आफ्नो कार्यकाल पूरा गरे । उनी सन् १९९१, १९९६, १९९८, १९९९ र २००४ मा लखनउबाट लगातार लोकसभा सदस्यमा निर्वाचित भएका थिए ।

नागरिक न्युजको सहयोगमा

Leave A Reply

Your email address will not be published.