Rashtriya Yuva Jagaran
Online Digital News

आजबाट देशमा नयाँ कानुन, स्वागतमा दिपावली गरिने

  •  
  • 18
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

मुलुकी फौजदारी संहिताले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खतरा

आजैबाट लागु गरिएको मुलुकीफौजदारी संहितामा प्रेस स्वतन्त्रता कुण्ठित हुने प्रावधान रहेकोले त्यसको विरोध भएको छ । नेपाल मिडिया सोसाइटीले ध्यानाकर्षणमा भनेको छ– संहिताको गोपनीयता र गाली बेइज्जती सम्बन्धी महलका प्रावधानले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गम्भीर खतरा देखिएको छ । संहिताको २९३ देखि ३०८ सम्मकादफामा समेटिएका प्रावधानले प्रेसले निर्वाध रुपमाकामगर्न पाउने वातावरणमा गम्भीर धक्का दिएको उसको ठहर छ । दफा २९३ मा ‘कसैले दुई वा दुईभन्दा बढी व्यक्तिका बीचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिको मञ्जुरी बिना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनि अंकन गर्न हुंदैन,’ भन्ने प्रावधान केवलव्यक्तिको गोपनीयतासंग मात्र सम्वन्धित नभएर बृहत दायरामा हेरिदा प्रेसको निर्वाध सूचना संकलन, प्रकाशन वा प्रसारण गर्ने संवैधानिक हकको उल्लंघन हुने सोसाइटीले बतायो ।

काठमाडौँ, ०१ भदौ २०७५ शुक्रबार । काठमाडौँ । मुलुकी अपराध ‘संहिता’ ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि ‘संहिता’ ऐन, २०७४ र फौजदारी कसूर ‘सजाय निर्धारण तथा कार्यान्वयन’ ऐन,२०७४ लाई स्वागत गर्दै आज भदौ १ गते दिपावली गरिने भएको छ । 

यी तीनै कानुन भदौ १ देखि लागू हुने भएपछि पहिलो दिन देशव्यापी दिपावलीको तयारी सरकारले गरेको हो । महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतका ७७ वटै जिल्ला सरकारी वकील कार्यालय, १८ वटा उच्च सरकारी वकील कार्यालय, काठमाडौंस्थित विशेष सरकारी वकील कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा दिपावली गरिने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
उक्त दिन देशभर सरोकारवालाबीच संहिताका मुख्य विशेषताबारे अन्तरिक्रिया कार्यक्रमसमेत गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशित गरेको छ ।
अन्तरक्रियामा जिल्लास्थित कार्यालयका प्रमुखहरू, जिल्ला न्यायाधीश, प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल बार एसोसीयसनका प्रतिनिधि, कानून व्यवसायी, अन्य सरोकारवाला र पत्रकारसमेतको सहभागितामा कार्यक्रम गर्न पत्राचार गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ /

Annapurna post

Leave A Reply

Your email address will not be published.