Rashtriya Yuva Jagaran
Online Digital News

कलंक बनेकी अपराधी आमा

  •  
  • 21
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

इटहरी (सुनसरी), ०१ भदौ २०७५ शुक्रबार । बाइस महिनाका जुम्ल्यहा गंगा र जमुना छोरीहरुलाई शौचालयको खाडलमा हालेर फरार भएकी आमाको नाममा कलंक बनेकी अपराधी आमा कमला विक इटहरीबाट पक्राउ परेकी छन् ।
ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बुको तलेवारी निवासी विकले आफ्नाी दुई नानीहरुलाई यस्तो हर्क गरेकी हुन् । गंगा र जमुना नाम गरेका ति दुई बालकलाई खाडलमा हालेपछि गंगाको त्यहाँ निधन भएको थियो भने जमुनाको उपचारका क्रममा निधन भएको हो । प्रहरीको खोजिको सूचिमा रहेकी विकलाई इटहरीबाट धरान जाँदै गर्दा इलाका प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो। डीएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकी उनलाई अड्डासार गरेर ताप्लेजुङ पठाइएको छ।
कमला एकवर्षदेखि आमासँगै माइतमै बस्दै आएकी थिइन्। स्थानीयले शौचालयबाट उद्धार गरिएकी एक छोरीको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो। अर्की छोरीको शव भने स्थानीयले शौचालयमै डुबेको अवस्थामा भेट्टाएका थिए।

Leave A Reply

Your email address will not be published.