Rashtriya Yuva Jagaran
Online Digital News

गल्ति नगर्नेले डराउनु पर्दैन : प्रधानमन्त्री ओली

  •  
  • 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौँ, ०१ भदौ २०७५ शुक्रबार । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले गल्ति नगर्नेले मुलुकी देवी संहिता तथा मुलुकी अपराध संहिताबाट डराउनु नपर्ने तर्क अगाडि सारेका छन् ।
कानुन मन्त्रालयले शुक्रबार सिंहदरबारमा गरेको मुलुकी देवानीसंहिता तथा मुलुकी अपराधसंहिता लगायतका कानुन लागू हुने दिनको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ?
प्रधानमन्त्री ओलीले समाजमा विकसित र स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालका केही मान्यता बदलिएकाले त्यसै बेलादेखि मुलुकी ऐनलाई संशोधन गर्ने काम सुरु भएको बताए ।
‘अहिले जारी भएको संहिता नयाँ मुलुकी ऐन जस्तै हो’, प्रधानमन्त्री ओलीले भने, ‘यसलाई रुपान्तरित व्यवस्थापिका संसदले पारित गरेर २०७४ असोजमा सम्माननीय राष्ट्रपतिबाट लालमोहर लगाइएको हो ।’
प्रधानमन्त्री ओलीले संहितामा कमीकमजोरी भए संशोधन गर्न सकिने पनि बताए । ‘यस संहितालाई कार्यन्वयन गर्न सरकार दृढ छ’, प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि सरकारका सबै निकाय क्रियाशिल छन् ।’

 

Leave A Reply

Your email address will not be published.