Rashtriya Yuva Jagaran
Online Digital News

पाकिस्तानी प्रधानमन्त्री खानलाई प्रधानमन्त्री ओलीको बधाई, खानले आजै शपथ लिए

  •  
  • 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

पाकिस्तान, भदौ ०२ । पाकिस्तानमा पिटीआईएका अध्यक्ष इमरान खान प्रधानमन्त्रीमा चुनिएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना सन्देश पठाएका छन् ।
पूर्वक्रिकेटर समेत रहेका खानले आजै विहान पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन्। सपथ लिएलगत्तै ओलीले बधाई सन्देश पठाउँदै खानलाई बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बधाई सन्देशमा नेपाल पाकिस्तानबीच मैत्रीपूर्ण सम्बन्ध रहेको स्मरण गर्दै ओलीले पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री खानको कार्यकाल सफल रहोस भनी कामना समेत गरेका छन्।
साथै खानको कार्यकालमा नेपाल पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध मजबुद हुने तथा उचाईंमा पुग्ने विश्वास प्रधानमन्त्री ओलीले गरेका छन्।
पाकिस्तानमा भएको प्रधानमन्त्रीको निर्वाचनमा पिटीआईएका अध्यक्ष इमरान खान २२ औं प्रधानमन्त्रीमा विजयी बनेका हुन् । पूर्व क्रिकेटरसमेत रहेका खान शुक्रबार नेशनल एसेम्बलीमा भएको निर्वाचनमा मुस्लिम लिगका नेता शहवाज शरिफलाई १७६ मत प्राप्त गरी विजयी भएका हुन् ।
पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान २२ औं प्रधानमन्त्रीमा चुनिएका हुन् । शुक्रबार नेशनल एसेम्बलीमा भएको निर्वाचनमा खान प्रधानमन्त्रीमा चुनिएका हुन् ।
निर्वाचनमा खानले १७६ मत प्राप्त गरेका छन् भने शरिफले ९६ मत प्राप्त गरेका छन् । जुलाई २५ मा भएको निर्वाचनबाट पिटीआई पाकिस्तानको सबैभन्दा ठूलो पार्टी बनेको थियो । आजै खानले शपथ लिइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.