Rashtriya Yuva Jagaran
Online Digital News

साउन महिनाका उत्कृष्ट प्रहरीमा चौहान र घोरसाई

  •  
  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

विराटनगर, ०२ भदौ २०७५ शनिबार । एक नम्बर प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिना प्रहरी सेवामा अब्बल ठानिएका दुई जना प्रहरीलाई पुरस्कृत गर्दै हौसला प्रदान गर्दै आएको छ । सोही क्रममा साउन महिनामा संखुवासभाको सभाखोला अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरी अब्बलमा परेर पुरस्कृत भएका छन् ।
सभाखोला अस्थायी प्रहरी पोष्ट संखुवासभामा कार्यरत हवल्दार पशुपति चौहान र प्रहरी जवान हरिप्रसाद घोरसाई पुरस्कृत भएका हुन् ।
पदीय कर्तव्य पालनाको सिलसिलामा विभागीय आदेश निर्देशन बमोजिम व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ ढंगबाट परिचालित भई कानूनद्वारा बर्जित गरिएका काम कारवाही नियन्त्रण गर्ने क्रममा शान्ति सुरक्षामा खलल तुल्याउने व्यक्ति वा समूहहरुको पहिचान गरेकोले छनौट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बिभिन्न मितिमा विष्फोटक पदार्थ समेत पक्राउ गर्न सफल हुनुको साथै कानूनद्वारा बर्जित क्रियाकलापहरुलाई निष्तेज पार्न समेत अहोरात्र खटिएर नतिजा हासिल गर्न सफल भएकोले उनीहरुलाई “महिनाको सर्बोत्कृष्ट प्रहरी” घोषित गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.