Rashtriya Yuva Jagaran
Online Digital News

बालमनोविज्ञानमा आधारित चलचित्र ‘मेरी मामु’ भदौ १५ बाट देशभर प्रदर्शन

विद्यालयका बालबालिका लक्षित प्रचारप्रसार

विद्यालयका बालबालिका लक्षित प्रचारप्रसार
यस चलचित्रको ट्रेलर देशभरीका विद्यालयमा अध्ययन गर्ने बालबालिकासम्म पु¥याएको छ । चलचित्र बाल मनोविज्ञानमा आधारित भएकोले विद्यालयका बालबालिकासम्म पु¥याउने जमर्को गरिएको निर्माता सन्तोष सेन बताउँछन् ।
चलचित्रमा ७ वर्षिय बाल कलाकार अयुव सेनले गरेको अभियन अहिले देशभरी चर्चामा छ ।
चलचित्र चंखे शंखे पंखे, प्रेम गीत र प्रेम गीत–२ जस्ता सफल चलचित्र निर्माण गरेको आसुसेन फिल्मको चौथो चलचित्र मेरी मामुलाई सन्तोष सेनले निर्माण गरेका हुन् भने यम थापाले लेखन निर्देशन गरेका हुन् । चलचित्रमा अयुव सेन, कुसुम गुरुङ, सारुक ताम्रकार, अश्लेशा सिंह ठकुरीको मुख्य भूमिका रहेको छ ।
गीतबाट राम्रो चर्चा बटुलेको चलचित्र मेरी मामुको टिम दर्शक हरु सँग प्रतक्ष्य भेट्घाट गर्न यही ९ गते बाट देशव्यापी रुपमा सांगितिक कार्यक्रम लिएर मुख्य मुख्य शहरहरुमा आउने भएका छन् । भाद्र ७ गते पोखरा, ८ गते बुटवल, ९ गते चितवन, १० गते दमक र इटहरी र ११ गते धरानमा ग्राण्ड प्रिमिएर शो हुने निर्माता सेनले जानकारी दिए ।

युवा जागरण संवाददाता
विराटनगर (मोरङ), ०४ भदौ २०७५ सोमबार । बाल मनोविज्ञानमा आधारित चलचित्र ‘मेरी मामु’को रिलिजको तयारीमा पुगेको छ ।
भदौ १५ गते देशका मुख्य सहरहरुमा एकै पटक प्रदर्शनमा ल्याउने तयारी भईरहेको चलचित्र निर्माता सन्तोष सेन बताउँछन् । यतिखेर टिम प्रमोसनमा व्यस्त रहेको छ । प्रमोसनकै क्रममा अत्यन्तै आकर्षक र साधारण पोष्टरसमेत सार्वजनिक भईसकेको छ । बाल मनोविज्ञानलाई चलचित्रमा शालिन र साधारण तरिकाले उतार्न सफल यस चलचत्रिका निर्माता सेनले यसअघि प्रेम गित र प्रेम गित २ बाट सफलता पाईसकेका छन् । प्रेममा आधारित चलचित्रभन्दा फरक स्वाद पस्किएको ‘मेरी मामु’ चलचित्रका बाल नायक आयुव सेन रहेका र उनकै कथामा चलचित्र घुमिरहेको हुन्छ । त्यति मात्र होइन अब निर्माण टोली च्यारिटी शोतर्फ पनि लागिसकेको छ ।
द्वन्द्व र लभ स्टोरीबाट टाढा रहेको यो चलचित्रले सानैमा आमाको मृत्युपछि कपाल मुण्डनका क्रममा खिचिएको तस्बिरलाई पोष्टरको रुप दिँदै फिल्मका निर्माता सन्तोष सेनले फिल्मभित्र गहिरो बिषयवस्तु छ भन्ने दर्शाएका छन् । पोष्टरमा फिल्मका अन्य कलाकारहरु कुसुम गुरुङ, अश्लेषा ठकुरी, सारुक ताम्राकारलाई पनि देख्न सकिन्छ । यद्यपी आयुबकै मुल कथासार फिल्ममा देखाईएकाले पोष्टरमा आयुब हावी भएको निर्माता सेनले बताए ।
गीत र चर्को प्रोमोशनका कारण सर्वत्र चर्चामा रहेको चलचित्र मेरी मामुको हाईप पोष्टरले झनै बढाउने देखिन्छ । आशुसेन फिल्मस्को व्यानरमा यसपुर्व सफल चलचित्रहरु प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्रहरुको स्वाद दर्शक मांझ पस्किसकेका निर्माता सन्तोष सेनले यसपाली भने
मेरी मामुको केहि पोष्टरको कलर टोन प्रेम गीत २ सग कहिकतै मिल्छ, यद्यपी कथावस्तुमा आकाश जमिनको फरक छ । निकै नै मनछुने र आकर्षक पोष्टहरुले फिल्मलाई अझै गति दिने बिश्वास निर्माण पक्षको रहेको छ ।
फिल्मको जम्बो टोलीले त्यसको लागि गज्जबको पसर्व तयारी गरिरहेको छ । देशका मुख्य शहरहरु धरान, इटहरी, नारायणगढ, पोखरा, बुटवल, दमक आदिमा फिल्मका मुख्य कलाकारका साथमा साँगीतिक टोली खटिइसकेको छ । यसरी फिल्मको सफलताका लागि हर प्रयाश गरिरहेको छ, निर्माण टोली । मेरी मामु नेपाली चलचित्र क्षेत्रका लागि अर्को व्लकवस्टर फिल्म घोषित गराउन दिशातर्फ उन्मुख देखिन्छ ।

Leave A Reply

Your email address will not be published.