Rashtriya Yuva Jagaran
Online Digital News

भोलिदेखि बकर इद सुरु, सार्वजनिक बिदा दिन सांसद बोगटीको माग

  •  
  • 52
  •  
  •  
  •  
  •  
  •  
    52
    Shares

युवा जागरण संवाददाता
काठमाडौं, ०५ भदौ २०७५ मंगलबार । राष्ट्रिय सभाका सांसदहरुले ‘बकर ईद’मा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् ।
मुस्लिम समुदायको महान र पवित्र पर्व ‘बकर इद’को अवसरमा सार्वजनिक बिदा दिन राष्ट्रियसभाका सांसदहरुले माग गरेका हुन् । खाडी क्षेत्रलगायतमा आजैबाट सुरु भएको बकर ईद पर्व नेपालमा भने भोली बुधबार मनाइदै छ ।
मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बकर इदमा सार्वजनिक बिदा माग्ने सांसद कविता बोगटीदे दशैं जस्तै मुस्लिम समुदायको महान पर्व बकर इद भएकोले सार्वजनिक बिदा दिन सरकारको गम्भिर ध्यानाकर्षण गराईन । बोगटीले विभिन्न समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा कटौति गरेर गल्ती गरेको दावी पनि गरिन् ।
गतसाल पनि तत्कालिन शेरबहादुर देउवा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड बकर इद भोलि बुधबारदेखि तीन दिनसम्म धुमधामले मनाउँदैछन् । इस्लाम धर्मावलम्बीहरू बिहानै सफा भइ नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्दछन् । त्यसपछि आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । ईदको अवसरमा काठमाडौंको दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बी भेला भएका छन् ।
यो पर्वमा खसी भेडा लगायतको बली दिएर मासुलाई तीन भाग लगाई एक भाग आफूलाई, एकभाग आफन्तलाई र बाँकी रहेको एक भाग दिनदुखीलाई दिने गरिन्छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.