Rashtriya Yuva Jagaran
Online Digital News

तीन भाषामा बनेको साल्माको तिमी आयौं भिडियो गित सार्वजनिक

  •  
  • 112
  •  
  •  
  •  
  •  
  •  
    112
    Shares

युवा जागरण संवाददाता
बिर्तामोड (झापा), ०७ भदौ २०७५ । सुर्जापुरी, भोजपुरी र नेपाली गरी तीनभाषामा बनेको चलचित्र ‘साल्माको भिडियो गित ‘तिमी आयौं’ भिडियो गित सार्वजनिक गरिएको छ ।
तिमी आयौं, मायालायौं
थाहै नपाई सुटुक्क मनमा छायौं
यस्तो लाग्छ आजभोलि ।।२।।
 हर्ष खुशी खुशीको वहार ल्यायौं ।
तिमीलाई पाए, माया लाए, धेरै धेरै मन पराए….. बोलको गित रहेको छ ।
अशोक थापा र सम्झना वलीको स्वरमा सजिएको सो भिडियोमा झापाली कान्छा ‘अभिषेक’ र सन्धया पौडेलको सशक्त अभिनय रहेको छ । भिडियो तयारीका क्रममा नेपालका पर्यटकीय स्थलहरुमा सुटिङ गरेर हेर्न लायक बनाइएको छ । दर्शकले मनपर्ने मनोरम दृश्यलाई उक्त भिडियोमा कैद गरिएको झापाली कान्छा बताउँछन् । नेपाली भाषाको साल्माको यो संस्करण नेपालका धेरै स्थानमामा च्यारिटी शो समेत भईसकेको छ । उक्त फिल्मको टेलर आएको धेरै भईसकेको भईरहेको चलचित्र निर्माता झापाली कान्छा ‘अभिषेक बताउँछन् । खासगरी सुर्जापुरी र नेपाली भाषाको यो चलचित्र पाथिभरा थिएटर एण्ड सिने प्रा.लि.को ब्यानरमा बनेको पहिलो चलचित्रका नायक, चलचित्र निर्माता तथा निर्देशक झापाली कान्छा ‘अभिषेक’ले निर्माण गरेको साल्माको नेपाली संस्करणको टेलर बजारमा ल्याईसकेको झापाली बताउँछन् । मरगुव आलम (राज) को प्रस्तुतिमा बनेको त्रिकोणात्मक सामाजिक परिवेशको पारिवारिक प्रेममा आधारित चलचित्र ‘सल्मा’ झापा, इलाम हुँदै देशका विभिन्न भागमा छायाँकन गरिएको हो ।
चलचित्रमा बालापनदेखि गाँसीको प्रेमको टुसालाई जिवन्त बनाउन झुल्नुपर्ने समस्यालाई उजागर गरेको छ । यस चलचित्रको अर्को सन्देश मुस्लिम महिलाहरुप्रति समेत रहेको छ । मुस्लिम आमा, दिदीबहिनीलाई बुर्काको घेराबाट बाहिर निस्कन गरिने प्रयत्न, हकअधिकारका विषयमा लडन सक्छन भन्ने सन्देश समेत प्रवाह गरेको छ ।
मोरङ र झापाको दक्षिणी भेगका करिब ४ लाख र भारतको बिहार राज्यको उत्तरपूर्वी भेगका लाखौं बासिन्दाले बोल्ने सिर्जापुरी भाषामा समेत यो चलचित्र बनेको छ । यसै समुदायलाई लक्षित गरेर बनाइएको सो चलचित्रका लेखक दिनेशराज शर्मा हुन भने यस चलचित्रको भाषानुवाद मरगुव आलम (राज)ले गरेका हुन् ।
झापाली कान्छा ‘अभिषेक, मरगुव आलम (राज), सन्ध्या पौडेल, प्रतिमा श्रेष्ठद्वारा अभिनित सो चलचित्र एक पटक टेलर सबैको दिलमा बसिसकेको हुँदा यसमा राखिएका गित र पूर्ण चलचित्रलाई माया गर्नुहुनेछ भन्ने अपेक्षा निर्देशक कान्छाले लिएको बताउँछन् ।

Leave A Reply

Your email address will not be published.