Rashtriya Yuva Jagaran
Online Digital News

निहारिकाको योगमायालाई २०७४ को मदन पुरस्कार

  •  
  • 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

युवा जागरण संवाददाता
काठमाडौं, १२ भदौ २०७५ मंगलबार । निलम कार्की ‘निहारिका’को पछिल्लो कृति ‘योगमाया’ले २०७४ सालको मदन पुरस्कार हात पारेको छ । २ सय ५३ पुस्तकबाट छनौट हुँदै ‘योगमाया’ प्रथम हुन सफल भएको मदन पुरस्कार गुठीले जनाएको छ ।
छनौटमा परेका आठ पुस्तकहरु ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’, नीलम कार्की ‘निहारिका’ को ‘योगमाया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’ र मोहन वैद्य ‘किरण’ को ‘हिमाली दर्शन’ मध्येबाट ‘निहारिका’को ‘योगमाया पुस्तक छनौटमा परेको हो ।
पुरस्कारका लागि छनोटमा परेका आठवटा पुस्तकमध्ये निकारिकाको ुयोगमायाु कृतिलाई मदन पुरस्कार प्रदान गरिने निर्णय गरिएको मदन पुरस्कार गुठीले जानकारी दिएको छ ।
त्यसैगरी बाल साहित्यको विकास, विस्तार र प्रवर्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई वर्ष २०७४ को जगदम्बा–श्री पुरस्कार प्रदान गरिने भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जनाएका छन् ।
छनोटमा परेका आठ पुस्तकमध्ये नीलम कार्की निहारिकाको पुस्तक ‘योगमाया’लाई सर्वश्रेष्ठ घोषणा गरी २०७४ सालको मदन पुरस्कार प्रदान गरिने घोषणा गुठीले गरेको हो ।

Leave A Reply

Your email address will not be published.