Rashtriya Yuva Jagaran
Online Digital News

राष्ट्रिय महत्वका कार्यक्रममा प्रदेश सरकार अपमानित

  •  
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

युवा जागरण संवाददाता
विराटनगर, १३ भदौ २०७५ । जतुवा बायोग्यास उद्घाटनका दिन प्रदेश सरकार अपमानति भएकोमा गम्भिर बन्न प्रदेश सरकारलाई सांसदहरुले आग्रह गरेका छन् ।
एक नम्बर प्रदेशको मंगलबारको प्रदेशसभा बैठकको शुन्य समयको सदुपयोग सांसद जयराम यादवले प्रदेशसभा बैठकमा सो आग्रह गरेका हुन् ।
यादवले प्रदेशका कामलाई प्रभावकारी बनाउन सरकारलाई पूर्णता दिएर जतिसक्दो चााडो प्रदेशको नाम र राजधानी तोक्नु पर्ने बताए ।
सो बैठकमा सांसदहरुले महिला हिंसा अन्त्य गर्नुपर्ने, प्रदेश सरकारका निर्णय कार्यान्वयन नगर्ने सरकारी कार्यालयप्रति कडा बन्नुपर्ने समेतका विषय उठाएका छन्।
सांसद उमिता विश्वकर्माले महिला हिंसाका घटना नियन्त्रण गर्न माग गरिन् । सांसद चन्द्रप्रसाद श्रेष्ठले प्रदेश सरकारले दिएका बिदालाई सरकारी कार्यालयले गम्भिरतापूर्वक नलिएकोमा आपत्ति जनाउँदै कार्यान्वयनको लागि कडा बन्नुपर्ने औंल्याए । यस्तै सांसद अगमलाल चौधरीले जनता आवास योजनाको कामलाई अगाडि बढाउन आग्रह गरेका थिए ।

Leave A Reply

Your email address will not be published.