Rashtriya Yuva Jagaran
Online Digital News

नोबेल मिस्टर एण्ड मिसमा छनौट भएका ८४ जनालाई एक महिने तालिम दिइने

  •  
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

युवा जागरण संवाददाता
विराटनगर (मोरङ), १५ भदौ २०७५ । गत भदौ ५ देखि ९ गतेसम्म एक नम्बर प्रदेशका विभिन्न सहरमा असिडसनबाट छनौटमा परेका ८४ जना नोबेल मिस्टर एण्ड मिसहरुलाई तालिम दिइने भएको छ ।

थारु कला केन्द्रले आयोजना गरेको अडिसन राउण्डमा भिडेका ११८ जना थारु युवा युवतीबाट ८४ जना छनौटमा परेका हुन् । अडिसनबाट छनौट भएका स्थानहरुमा झुम्का सुनसरीबाट २० जना, उदयपुर गाईघाटबाट ७ जना, मोरङ नेताचोकबाट १२ जना, झापा बिर्तामोडबाट १७ जना र बिराटनगरबाट २८ छनौटमा परेका हुन् ।
छनोट भएका प्रतिस्पर्धीले भदौ २१ गतेसम्म रजिष्ट्रेसन बापत लाग्ने शुल्क रु. १३ हजार थारु कला केन्द्रको कृषि बिकास बैंकको खाता नं.०६०२००१२८०८३३०१८ जम्मा गर्नु पर्ने बताएको छ ।
छनोट प्रतिस्पर्धीलाई १ महिना सम्म बिराटनगरको इस्टर्न स्टार होटेलमा तालिम दिईनेछ भने तालिम अवधिभरमा इभेन्ट समबन्धि तालिम, क्षमता अभिवृद्धि, भाषण, अभिनय, योग, संगीत , नृत्य लगायत तालिम र थारु संस्कृतिबारे जानकारी तथा प्रदर्शनी, यात्रा, फोटो सुट आदि हुने जनाएको छ।
सो तालिममा सहभागीले टिसर्ट, १ जोडी लुगा, तालिम अबधिमा खाजा पाउनेछन। उदयपुर र झापाका सहभागीका लागि निःशुल्क बास सुविधा रहने आयोजकले जनाएको छ।
आगामी भदौ २३ गते शनिबार होटेल इस्टर्न स्टार बिराटनगरमा छनोट भएका सहभागीलाई अभुमुखीकरण कक्षामा दिईने छ भने यस इभेन्टलाई नोबेल मेडिकल कलेज टिचिङ् हस्पिटलले मुख्य प्रायोजन गरेको र ‘थारुके आवाज’ नामक संस्थाले सह–आयोजकको भूमिका निर्वाह गरेका छन्। अन्य सहयोगी संस्थाहरुमा थारु उत्थान महिला समाज, थारु कल्याणकारिणी सभा, थारु महिला सभा, प्रगति महिला समाज लगायत संस्था, बिभिन्न विद्यालय, कलेज, व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् ।

tharuhat.com

Leave A Reply

Your email address will not be published.