Rashtriya Yuva Jagaran
Online Digital News

भोलि भदौ १७ गते कृष्ण जन्माष्ठमी

  •  
  • 1.1K
  •  
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

 “जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ, तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर अाउनेछुँ ।”

सिर्जना कार्की

काठमाडौं, १६ भदौ २०७५ । अनेकन किस्साले चुलिएका आस्थाका पुञ्ज भगवान श्रीकृष्णको जन्मोत्सवको अवसरमा सनातन धर्मावलम्बीहरुले विभिन्न कृष्णका मठमन्दिरहरुमा भेला भई भव्य रुपमा मनाउने तयारी गरिरहेका छन् । यसैबीच पर्सि १८ गते इटहरी, विराटनगरलगायत विभिन्न ठाउहरुमा भव्य रुपमा रथयात्राको तयारी समेत गरिएको छ । इटहरी, विराटनगर, धरानलगायतका ठाउहरुमा रथयात्रालाई भव्य बनाउन गरिएका तयारीहरु पुरा भएको जनाएका छन् । कृष्ण जन्माष्ठमी मनाउनका निम्ति रथ यात्राको दिन एक नम्बर प्रदेशमा सार्वजनिक बिदा समेत दिइएको छ ।
बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा सद्‍भाव कायम राख्न यस्ता धार्मिक कार्यक्रमले पुलको काम समेत गर्दै आएको छ । भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो मुलुकको सभ्यता र सम्पन्नताका सूचकलाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्‍भाव, सद्‌विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण्ण राख्दै आपसमा प्रेम र मैत्री भावना जागृत गरी मनुष्य जन्म सफल पार्न श्रीकृष्ण भगवानको महिमाले सँधै आकर्षित गर्ने गर्दछ ।
भाद्र कृष्ण अष्टमी । भगवान् श्रीकृष्णको जन्म दिन अर्थात कृष्ण जन्माष्टमी पर्व नेपाल अधिराज्यभर हिन्दु धर्मालम्बीहरूले भगवान् श्री कृष्णको पूजाआजा गरी मनाउने प्रचलन रहि आएको छ ।
कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । धार्मिक ग्रन्थहरुमा दानव र आसूरी प्रवृतिको नास गरी मानव जातिको रक्षा गर्न विष्णुको आठौं अवतारको रुपमा मथुराको बन्दीगृहमा कृष्णको जन्म भएको उल्लेख छ । जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजन/कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू ब्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।
कृष्ण जन्माष्ठमीकै दिन धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्ण रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ । दिनभर भक्तहरु उपवास बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् । कृष्ण भगवानको पूजा विशेषगरी कुमारी केटी तथा महिलाहरुले गर्ने गर्दछन् । कृष्णको आफ्नै मामा कंश जो राजा थियो । उसले गरेका अत्याचारले मानिसहरू आजित भएकाले उसलाई आफ्नै आठौं सन्तानको रूपमा जन्मने भान्जले मार्ने कुरा आकाशवाणी भएपछि कंशले आप्नै बहिनी देवकीलाई सुत्केरी हुने थाहा पाउंदासाथ बन्दी बनाउंथ्यो र जन्मने वित्तिकै पछारेर मार्न लगाउंथ्यो । तर कृष्णलाई भने मार्न सकेन । आफनै बन्दीखानाबाट कृष्णलाई बचाइयो र अन्तै लागियो । पछि कृष्णले नै कंशलाई मारेर जनतालाई मुक्ति दिलाए भन्ने कथा छ । खासगरी महाभारत युद्धमा कृष्णको विशेष भूमिका देखिन्छ ।

हाम्रो पात्रोमा उल्लेख भए अनुसार महाभारतमा पाण्डव र कौरवहरु विच युद्धको पल कृष्ण पाण्डव पक्षमा थिए । कौरवहरुसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डव तर्फका अर्जून एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ कौरव सेनामा आफ्नै दाजुभाई र पितामह (हजूरबुवा) सम्मिलित विरूद्धको लडाई, हार र जीत दुवैमा निराशा थियो । श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनोवल बढाउने उनको एउटा सामान्य सारथी (एक जोडी घोंडायूक्त रथ हाँक्ने व्यक्ति) का रुपमा युद्धमा साथ दिएर काम कहिले पनि सानो ठुलो हुँदैनू भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबिचको सम्बन्धको व्याख्यालार्इ प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन् ।
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ । आज उनै भगवान श्री कृष्णको जन्मदिन ।

संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ ।

त्यस्ता व्यक्तित्वका धनी उनै श्री कृष्णको परिचयका श्रृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू ुकृष्णलिलाु को पगरी गुथेर परिचित छन्, बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू(लोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलार्इ आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् ।

गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।

भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो आस्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासले लिपिवद्ध गरेको छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ । कृष्ण धारावासीको कृती राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तीको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।
कृष्णका कुरा गर्दा ‘मीरा’लाई पनि इतिहासले बिर्षन खोजेको जस्तो भान हुन्छ, मीरा वास्तवमा एक गृहस्ति जीवन व्यतित गरिरहेकी महिला थिइन जुन कृष्णको आकर्षण र अनुभूतीमात्रैले पनि सम्पूर्ण कुराहरु त्यागेर कृष्णको खाजिमा निस्किइन । मीराका भजनहरुमा र संगीतमा कृष्णमोह पाइन्छ, समर्पण र सुफिभावनाको एउटा अनुकरणीय उदहारण संसारले सिक्न जरुरी छ ।
महाभारतमा पाण्डव र कौरवहरु विच युद्धको पल कृष्ण पाण्डव पक्षमा थिए । कौरवहरुसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डव तर्फका अर्जून एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ कौरव सेनामा आफ्नै दाजुभाई र पितामह ९हजूरबुवा० सम्मिलित विरूद्धको लडाई, हार र जीत दुवैमा निराशा थियो । श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनोवल बढाउने उनको एउटा सामान्य सारथी ९एक जोडी घोंडायूक्त रथ हाँक्ने व्यक्ति०का रुपमा युद्धमा साथ दिएर ूकाम कहिले पनि सानो ठुलो हुँदैनू भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबिचको सम्बन्धको व्याख्यालार्इ प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन् ।
एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ । विभिन्न प्रसंगमा भगवान श्री कृष्णको व्याख्या गरींदा उनको छेउछाउ जीव जन्तु, चराचरहरूको पनि नामका कारण जीव–जन्तु र चराचरप्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर छ ।
कृष्ण अष्टमीका अवसरमा बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनहरुको भिडभाड लाग्ने गरेको छ । यसर्थ भक्तजनको सुरक्षाका निम्ति विभिन्न मठमन्दिरमा व्यवस्थापन गर्दै सुरक्षा व्यवस्था समेत गरिएका छन् ।

Leave A Reply

Your email address will not be published.