Rashtriya Yuva Jagaran
Online Digital News

कार्कीको अध्यक्षतामा क्याम्पस व्यस्थापन समिति

  •  
  • 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

मनिष कटुवाल
रमाइलो (मोरङ) १७ भदौ २०७५ । रमाइलो बहुमुखी क्याम्पसले केही महिना अगाडि आयोजना गरेको छैठौं परिषद् भेलाबाट मनोनयन हुन नसकेको अध्यक्ष बल्ल मनोनयन गर्न सफल भएको छ ।
स्थानीय बुद्धिजीवि तथा भुतपूर्व स्ववियु सभापति दुर्गाबहादुर कार्कीको अध्यक्षतामा व्यवस्थापन समिति निर्माण गर्न शुक्रबार बसेको सर्वदलीय बैठकले कार्कीलाई सर्वसम्मत चयन गरेको हो ।
त्रिभूवन विश्व विद्यालयबाट २०४८ सालमा सम्वन्धन लिई कानेपोखरी–६, स्थित जनसेवा माविमा २०४८ देखि २०५३ साल सम्म सञ्चालन भएको सो क्याम्पसले २०५३ सालमा कानेपोखरी –५,को भौसाबारीमा साविक बयरवन,केरौन, डाँगीहाट,बाहुनी लगाएतका चन्दा दाँताहरुबाट आर्थिक संकलन गरी १ विगाह ७ कट्ठा जग्गा खरिद गरी क्याम्पस सञ्चालन गर्दै आएको छ । जस्मा स्थानीय समाज सेवी स्व ः साफीलाल धिमालले ६ कट्ठा जमिन निःशुल्क क्याम्पसलाई उपलब्ध गराएका थिए । क्याम्पसमा हाल मानविकि, वाणिज्य र शिक्षा संकाय संचालन भैरहेको छ । जस्मा कक्षा ११ मा १ सय २० जना र कक्षा १२ मा १ सय ५० जना गरी २ सय ७० जना छात्र छात्राले अध्ययन गरिरहेका छन् । त्यसैगरी स्नातक तहमा विए र विविएस दुवै कक्षामा १ सय १ गरी ३ सय ७१ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.