Rashtriya Yuva Jagaran
Online Digital News

सुतार कार्की युवा समितिको नेतृत्वमा पुनः हरिहर कार्की चयन

विभिन्न क्षेत्रका व्यक्तित्वहरु सम्मानित

  •  
  • 511
  •  
  •  
  •  
  •  
  •  
    511
    Shares

मिडियाकर्मी मोहन कार्की, वरिष्ठ गायक आनन्द कार्की, मदन पुरस्कार विजेता निलम कार्की निहारिकासहित विभिन्न क्षेत्रका व्यक्तित्वहरु सम्मानित


खगेन्द्र कार्की

इटहरी, १७ भदौ २०७५ । सुतार कार्की युवा केन्द्रीय समितिको दोस्रो साधारणसभाले पुनः हरिहर सुतार कार्कीलाई अध्यक्षमा सर्वसम्मत शनिबार चयन गरेको छ ।
पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौं कोटेश्वरको गौरीशंकर पार्टी प्यालेसमा सो ऐतिहासिक गरिमामय कार्यक्रम आयोजना गरिएको नवनिर्वाचित अध्यक्ष कार्कीले बताए ।
सुतार कार्की वंश उत्थान, संरक्षण र सम्बद्र्धनका निम्ति युवाहरुलाई समेट्दै युवाहरुको सक्रियतामा सुतार कार्की सेवा समितिका गतिविधि अगाडि बढाउने उद्देश्यका साथ स्थापित यस समितिको दोस्रो साधारणसभाका अवसरमा मिडियाकर्मी जनआकाश मिडिया प्रा.लि. अध्यक्ष मोहन कार्की, वरिष्ठ गायक आनन्द कार्की, साहित्यक स्रष्टा तथा मदन पुरस्कार विजेता निलम कार्की ‘निहारिका’लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।
यसै समितिको अथक प्रयास तथा मेहनतका साथ अधिराज्यभर छरिएर रहेका सुतार कार्की बन्धुहरुको विवरणसहितको सुतार कार्की डायरी समेत सो कार्यक्रमबाट विमोचन गरिएको नवनिर्वाचित अध्यक्ष कार्कीले बताए ।
कार्कीका अनुसार केन्द्रीय अध्यक्ष दिव्यध्वज कार्की, सर्वोच्च अदालतका न्ययाधिश दिपक कार्की, डा.अर्जुन कार्की, ख्याती प्राप्त तथा प्रशिद गायक आनन्द कार्की , खस क्षेत्री समाजका बरिस्ट उपा- अधक्ष्य योगेन्द्र कार्कीलगायतको विशेष आतिथ्यता रहेको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए । स्वागत मन्तव्य कार्यक्रम संयोजक निशान कार्कीले गरेका थिए ।
नयाँ कार्यसमितिको अध्यक्षमा हरिहर कार्की, वरिष्ठ उपाध्यक्षमा दिपक कार्की, उपाध्यक्षहरुमा दिपक कार्की, दिनेशराज कार्की, जिवन कार्की र लक्ष्मण कार्कीलाई चयन भएका छन् भने सचिवमा निशान कार्की परेका छन् । यसैगरी सहसचिवमा अनिल कार्की, कोषाध्इक्षमा सुस्मिता कार्की, सहकोषाध्यक्षमा पवन कार्कीलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा कपिल कार्की, रामशरण कार्की, राजिव कार्की, सुजन कार्की, गगन कार्की, हिमाल कार्की, मोहन कार्की, एलिसा कार्की, भरत कार्की, राजु कार्की, ओमकुमार कार्की, सौर्य जंग कार्की, सुमन कार्की, सुशिला कार्की, हरिबहादुर कार्की, गजेन्द्र कार्की, अमृत कार्की, भक्त कार्की, सुशिला कार्की, सुमनराज कार्की, विनिता कार्की, मनिषा कार्की र कमल कार्की रहेका छन् ।

Leave A Reply

Your email address will not be published.