Rashtriya Yuva Jagaran
Online Digital News

आमा बलात्कारीलाई जन्म कैद, हाडनाता करणीको बेग्लै सजाय

  •  
  • 20
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

युवा जागरण संवाददाता
एक नम्बर प्रदेश भोजपुर, १९ भदौ २०७५ । भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका दोभानेका २७ वर्षीया छिरिङ तेन्जिङले आमालाई नै पटक पटक बलात्कार गरेको प्रमाणित भएपछि जिल्ला अदालतले जन्म कैदको सजाय सुनाएको छ । बलात्कारी शेर्पालाई जन्म अनुसार अब २७ वर्ष जेलमै बस्नुपर्ने भएको हो ।
६२ वर्षीया आमालाई गत असार ३ गते राती पटकपटक बलात्कार गरेको आरोप लागेका छिरिङलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजालसले २७ वर्षको कैद फैसला सुनाएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए ।
अदालतले छिरिङलाई बलात्कारको अभियोगसँगै हाडनाता करणीतर्फको पनि कैद सजाय सुनाएको जनाइएको छ ।
छिरिङ गत असार ३ गतेभन्दा अगाडि पीडित आमालाई पटकपटक छोराले बलात्कार गरेपछि गाउँपालिकाको न्यायिक समितिमा खबर गर्न पुगेपछि समितिले घटना मिलाउन नमिल्ने भन्दै जिल्ला प्रहरी कार्यालय भोजपुरमा पठाएको थियो । घटनापछि अभियुक्त छिरिङलाई असार ४ गते प्रहरीले पक्राउ गरेको थियो ।

Leave A Reply

Your email address will not be published.